+
+
Shares

विष्णु माझी र एलिना चौहानका गीत मात्र बने यस वर्ष करोड भ्युज पाउने तीज गीत

भ्युज आफ्ना लागि केवल अंक भएको उल्लेख गर्दै एलिनो विष्णु माझीजस्तो स्थापित कलाकारसँग आफूलाई तुलना नगर्न आग्रह गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विष्णु माझीको ‘घरबार’ले बुधबारसम्म युट्युबमा १ करोड २१ लाख भ्युज पाएको छ।
  • एलिना चौहानको ‘नौरती फूली’ले युट्युबमा १ करोड १९ लाख भ्युज पाएको छ।
  • चौहानले विष्णु माझीसँग तुलना र प्रतिस्पर्धाको चर्चा अस्वीकार गर्दै ‘उहाँको गीतको आफ्नै इतिहास र उचाइ छ । मेरो गीतको आफ्नै यात्रा छ । उहाँको गीतसँग मेरो कुनै लेनदेन छैन । तुलनाको पनि आवश्यकता छैन,’ भनेकी छन्।

काठमाडौं । गायिका विष्णु माझीको ‘घरबार’ र एलिना चौहानको ‘नौरती फूली’ यस वर्षका तीज गीतमध्ये युट्युबमा एक करोडभन्दा बढी भ्युज पाउने गीत बनेका छन् ।

बुधबारसम्म माझीको ‘घरबार’लाई एक करोड २१ लाख पटक हेरिएको छ । सेप्टेम्बर २ मा रिलिज भएको यो गीतले छोटो समयमै उक्त भ्युज हासिल गरेको हो ।

चौहानको ‘नौरती फूली’ले एक करोड १९ लाख भ्युज पाएको छ । यो गीत जुलाई १७ मा रिलिज भएको थियो । यस वर्ष सार्वजनिक अन्य तीज गीतले भने एक करोड भ्युजको आँकडा पार गर्न सकेका छैनन् ।

भोटेकोशी बाढी र त्यसले सिर्जना गरेको विपद्को परिस्थितिबीच माझीको ‘घरबार’ सार्वजनिक भएको थियो । विपद्का कारण तीजका विभिन्न कार्यक्रम प्रभावित भएका बेला पनि माझी र चौहानका यी दुई गीतले युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएका हुन् । दुई गीतको रिलिज मितिबीच एक महिनाभन्दा बढीको अन्तर छ ।

दुवै गीतको भ्युजलाई लिएर सामाजिक सञ्जालमा कतिपय प्रयोगकर्ताले माझी र चौहानबीच प्रतिस्पर्धाका रूपमा टिप्पणी गरेका थिए । तर चौहानले यस्तो तुलना र प्रतिस्पर्धाको चर्चाप्रति असन्तुष्टि जनाएकी छन् ।

भ्युज आफ्ना लागि केवल अंक भएको उल्लेख गर्दै उनले विष्णु माझीजस्तो स्थापित कलाकारसँग आफूलाई तुलना नगर्न आग्रह गरेकी छन् ।

‘उहाँको गीतको आफ्नै इतिहास र उचाइ छ । मेरो गीतको आफ्नै यात्रा छ । उहाँको गीतसँग मेरो कुनै लेनदेन छैन । तुलनाको पनि आवश्यकता छैन,’ चौहानले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?