News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका एलिना चौहानले मध्यबानेश्वरमा दुई करोड रुपैयाँको लगानीमा ‘रमणी बाइ एलिना’ नामक फेसन स्टोर सञ्चालनमा ल्याएकी छन्।
- कलाकारिता क्षेत्रको अनिश्चिततालाई मध्यनजर गर्दै आर्थिक सुरक्षाका लागि आफूले व्यवसाय थालेको एलिनाले बताइन्।
- ट्रेडिसनल पहिरन र श्रृंगारका सामग्रीलाई प्राथमिकता दिएको यो स्टोरमा साडी, कुर्ता, लेहेँगा, ब्याग तथा गरगहना उपलब्ध छन्।
काठमाडौं । गायिका एलिना चौहानले पहिरन र श्रृंगारसम्बन्धी व्यवसाय थालेकी छन् । मध्यबानेश्वरमा खोलिएको यो आउटलेटको उद्घाटन सोमबार गरिएको छ । महिला विशेष फेसन स्टोर ‘रमणी बाइ एलिना’मा दुई करोड रुपैयाँ लगानी गरेको एलिनाले जनाएकी छन् ।
स्टोरमा साडी, कुर्ता, लेहेँगा, चप्पल, ब्याग, चुरा, गहना तथा अन्य श्रृंगारका सामग्री उपलब्ध छन् । ‘महिलालाई चाहिने अधिकांश सामग्री यहाँ पाइन्छ । हामीले फेन्सीभन्दा पनि ट्रेडिसनल सामानलाई प्राथमिकता दिएका छौं,’ एलिनाले भनिन् ।
गीत रेकर्डिङ र मेला महोत्सवमा व्यस्त रहे पनि भविष्यलाई सुरक्षित बनाउने सोचले व्यवसायमा हात हालेको एलिनाले बताइन् । कलाकारिताको अश्चितताको कारण आफूले आर्थिक सुरक्षा हेरेर पनि व्यवसाय थालेको उनको भनाइ छ ।
‘विदेश गएका वा बिरामी पर्दा आर्थिक समस्या भोगेका कलाकारका कथा देख्दा एक दिन मेरो अवस्था पनि त्यस्तै हुन सक्छ भन्ने लाग्थ्यो । त्यो बेला कसैसँग हात फैलाउन नपरोस् भनेर अहिलेदेखि नै दोब्बर मेहनत गरिरहेकी छु,’ एलिनाले भनिन् ।
एलिना यतिबेला तीज गीत रेकर्डिङमा पनि व्यस्त छिन् । उनको आफ्नै युट्युब च्यानलबाट शुक्रबारमात्रै ‘नौरती फुली’ बोलको गीत सार्वजनिक भएको छ ।
तस्वीर सौजन्य- अनुप भट्टराई


प्रतिक्रिया 4