+
+
Shares
गसिप :

कहाँ हराइन् ज्योति मगर ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते ८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ज्योति मगर केही दिनयता चुपचाप जस्तै देखिएकी छन्, तर विभिन्न मेला महोत्सवमा स्टेज परफर्मरका रूपमा व्यस्त रहने भएकी छन् ।
  • उनी बुटवलको देवीनगर र रुपन्देहीको सैनामैनापछि गोरखाको सिरांचोकस्थित नयाँ साघुबजारको ‘दशैं सस्तो मेला’मा सहभागी हुनेछिन् ।
  • लेखमा ज्योति मगरलाई गीतभन्दा नाच र प्रस्तुतीका कारण दर्शकले बढी रुचाउने बताइएको छ ।

‘कस्तो ध्यान गर्न मन लागेको छ यसरी नै आँखा चिम्म गरेर…।’ केही दिनअघि उनले एउटा समसामयिक विषयमाथि कटाक्ष गर्दै यही वाक्य लेखेकी थिइन् ।

त्यसो त ज्योति मगर मौन धारण गरेर पद्मासनमा बस्ने मान्छे होइनन् । उनलाई नाचिरहनुपर्छ, उफ्रिरहनुपर्छ । त्योभन्दा बढी बोलिरहनुपर्छ । तर पछिल्लो समय उनी चुइक्क बोलेकी छैनन् ।

मनमा लागेको कुरा फ्याट्ट बोल्न सक्ने । बोल्दा कुरालाई चारतिर घुमाउन सक्ने । जस्तालाई तस्तै जवाफ फर्काउन सक्ने । ज्योति मगरको वाकपटुताले ऋषि धमालालाई त हेरेको हेर्‍यै बनाइदियो, अरूको के कुरा ?

बोल्न त बोल्छिन् । त्योभन्दा बढी नाच्छिन् ।

बोलीमा सरस्वतीले बास गरेकी यिनी स्टेज परफर्मरको रूपमा बढी रुचाइएका छन् ।

तपाईंले ज्योति मगरलाई स्टेज शोमा गायिकाको रूपमा निम्तो गर्नुभयो भने दोहोरो फाइदा त पाउनुहुन्छ नै । जस्तो कतिपय प्यान्ट खरिद गर्दा बेल्ट सित्तैमा आएजस्तो। जब तपाईं उनलाई गीत गाउनका लागि स्टेजमा बोलाउनुहुन्छ, उनले ‘त्यही मुलाको सिन्की’ मात्र गाउँदिनन्, स्टेज नै भाँचिने गरी नाचि पनि दिन्छन् । नाचेको पैसा लाग्दैन ।

गाउनभन्दा बढी नाच्न जान्ने भएकाले नै हुनुपर्छ, यी गायिकालाई सुन्नेभन्दा पनि हेर्नेहरूको ताँती लाग्छ । ज्योति मगरको यस्तै क्रेजले गर्दा हुनुपर्छ, उनलाई मेला महोत्सवले भ्याई नभ्याई हुने गर्छ ।

पछिल्लो समय चुपचाप जस्तै देखिएकी ज्योति मगर खोज्दै जाँदा कहिले बुटवलको देवीनगरको रंगशालामा उफ्रिरहेकी भेटिए, कहिले रुपन्देहीको सैनामैनामा । यसरी ठाउँठाउँमा लाग्ने ‘रमाइलो मेला’को आकर्षण बन्न पुग्ने ज्योति मगर पछिल्लो समय गोरखाको सिरानचोकमा पुग्नेछिन् । त्यहाँ नयाँ साघुबजारमा लाग्ने ‘दशैं सस्तो मेला’मा उनले रौनक भरिदिनेछिन् ।

यो दशैं ज्योतिमय हुने छाँट छ सबैतिर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?