+
+
Shares
गसिप :

कहाँ के गर्दै होलिन् सूर्जेकुमारी ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ८:४१

यो ओसिलो मौसममा सूर्जेकुमारी के गर्दै होलिन् ? यस्तो उत्सुकता जाग्नुका दुई कारण छन् ।

एक त यतिबेला कांग्रेस, एमालेजस्ता राजनीतिक दलहरू मर्मत–सम्भारको क्रममा छन् । यी पार्टीहरूमा नयाँ विचार, नयाँ जोश र नयाँ मान्छेहरूको पक्कै खाँचो छ । राजनीतिमा रस भिजिसकेकी सूर्जेकुमारीलाई पछिल्लो उथलपुथलले शान्त रहन दिएको होला ?

किनभने उनले भन्ने गरेकी थिइन्, ‘अमेरिकामा बस्दा म त्यहाँ र नेपालको राजनीतिको तुलना गर्थें । नेपालको राजनीति जनताप्रति उत्तरदायी देखिएन । यहाँ गरिब वर्गमाथि ठूलो थिचोमिचो छ । उनीहरूलाई नेता र राजनीति डर्टी गेम भन्ने  लाग्छ । अब यो भाष्य बदल्नुछ ।’

उनले भनेजस्तै अब यो भाष्य बदलिसक्यो कि उनी आफूचाहिँ बदलिइन् ?

अर्कोतिर चलचित्र विकास बोर्डको कुर्सी खाली छ । अघिल्लो पटक उनले त्यतातिर रुचि देखाएकी थिइन् । ‘अध्यक्ष बन्न पाऊँ’ भन्ने व्यहोराको आवेदन दिएकी थिइन् । तर बाजी मारे दिनेश डिसीले ।

त्यसबेला उनका लागि धेरै कुरा ‘दाहिना’ भएर पनि त्यो मौका प्राप्त गर्न पाइनन् ।

अघिल्लो कार्यकाल सकियो । अब बोर्डको कुर्सीले नयाँ अध्यक्ष खोज्दैछ । यस्तो अध्यक्ष, जसले सिनेमालाई आत्मैदेखि बुझेका छन् । के उनले नेपाली सिनेमालाई सही दिशाबोध गर्नुपर्छ भन्ने ठानिन् ? त्यसका लागि मेरो योगदान जरुरी छ भन्ने सोचिनन् ?

भलै, यो उनको आफ्नो कुरा हो ।

खासमा उनी यतिबेला के चाहिँ गर्दैछिन् ?

सोसल मिडियामा पछ्याउँदै जाँदा ताल–तलैयाको अघिल्तिर आफ्नै सुरमा फोटोका लागि पोज दिइरहेको देखियो । हरियो जंगल, फिका हरियो जल सतहमा करिब त्यसैसँग रंग संयोजनको कुर्ता–सुरुवाल लगाएर उनी ‘मोडलिङ’ गरिरहेकी थिइन् । पृष्ठभूमिमा यस्तो गीत बजाएर,

‘एक तो कम जिन्दगानी

इससे भी कम है जवानी

जब तक जोश में जवानी

जब तक खून में जवानी

मुझे होश में आने न दो ।’

भनिहालौं, सूर्जेकुमारी अर्थात् करिष्मा मानन्धर वास्तवमै सदाबहार हिरोइन हुन् । खासगरी रूपरङ्गको हिसाबले । उनी सधैँ उस्तै सुन्दर, उस्तै जवान देखिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?