२१ असाेज, विराटनगर । दसैँमा किनमेलका लागि भारतको जाेगबनी जाने उपभाेक्तालाई राेक्न भन्दै विराटनगरमा ‘विराट ट्रेड फेयर’ आयोजना गरिने भएकाे छ ।
दसैँ–तिहारमा सीमावर्ती बजार जोगबनी जाने उपभोक्ता विराटनगरमै रोक्न असोज २२ देखि ३० गतेसम्म विराट व्यापार संघले दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर’ आयोजना गर्ने भएको हो ।
विराटनगरकाे जैन भवनमा हुने ट्रेड फेयरमा १३० वटा स्टल रहनेछन् ।
व्यापार मेलामा सर्वसाधारणलाई सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउने विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले बताए । उनका अनुसार मेलाले स्थानीय बजारलाई चलायमान बनाउने छ ।
मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, धातुका सामान, विद्युतीय उपकरण, गाडी, फर्निसिङ, गृह उपयोगी सामग्री, कृषि उत्पादन, सूचना प्रविधि र हस्तकलाका सामग्रीका १३० भन्दा बढी स्टलहरू रहनेछन् । ट्रेड फेयर १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया 4