+
+

दीपकराज गिरीको प्रश्न : प्रहरीले पहिला स्क्रिप्ट जाँच गर्ने नियम कति हास्यास्पद ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ७ गते २०:३८
'६ एकान ६' फिल्मको एक दृश्यमा अभिनेता दीपकराज गिरी प्रहरीको भूमिकामा अभिनय गर्दै ।

काठमाडौं । २०७७ साल असोज २३ मा नेपाल प्रहरीले आफ्नो पोशाकलाई अनुमतिबिना फिल्म र टेलिफिल्ममा प्रयोग नगर्न आग्रह गर्दै अपिल जारी गर्‍यो । २०८० भदौ २७ मा पनि प्रहरीले चेतावनीसहित प्रहरीको पोशाक प्रयोग नगर्न र गर्नैैपरे श्रव्यदृश्य शाखामार्फत स्वीकृत लिन भन्यो ।

प्रहरीको पोशाक दुरुपयोग भएको भन्दै प्रहरीले उक्त आग्रह गरेको थियो । प्रहरीको यो चेतावनीलाई लिएर फिल्मकर्मी दुई वर्गमा विभाजन भैरहेका छन् । सिर्जनात्मक स्वतन्त्रतामा प्रहरीले हस्तक्षेप गर्न नहुने कतिपयको भनाई छ भने कतिपयले प्रहरीको उक्त चेतावनीलाई सहि भनिरहेका छन् ।

यस्तोमा, पोशाकधारी प्रहरीले हालै चितवनमा गस्ती गर्ने क्रममा एक युवकलाई निर्घात कुटपिट गरेको घटनापछि भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । सामाजिक संजाल प्रयोगकर्ताले घटनामा प्रहरीको आलोचना गरिरहेका छन् । आलोचनाकाबीच कुटपिटमा संलग्न प्रहरी निलम्बनमा छन् ।

यस्तोमा, प्रहरीको पोशाकलाई लिएर फिल्म अभिनेता तथा निर्माता दीपकराज गिरीले कटाक्ष गरेका छन् । सामाजिक संजालमा फेसबुकमा उनले प्रहरीले नै स्क्रिप्ट जाँच गर्ने कार्यप्रति असन्तुष्टि जनाएका छन् । उनी लेख्छन्, ‘ चलचित्रमा प्रहरीको पोशाक लगाएर नराम्रो काम गरेको देखाउन पाइन्न, प्रहरीले नै पहिला स्क्रिप्ट जॉच गर्ने नियम कति हॉस्यास्पद छ त्यो आजको घटनाले भन्छ …।’

गिरीको पोस्टमा धेरै प्रतिक्रिया आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?