
News Summary
Generated by OK AI. Editorially reviewed.- भ्लगर सिसन बानियाँले इन्स्टाग्राममा तिहारसम्म मात्र भ्लग बनाउने र त्यसपछि युट्युब युगको अन्त्य हुने घोषणा गरे।
- उनले थप केही भनेका छैनन् र अनलाइनखबरले सम्पर्क गर्दा जानकारी प्राप्त भएन।
बिहीबार साँझतिर भ्लगर सिसन बानियाँले आफ्नो इन्स्टाग्राम ब्रोडकास्टमा अनपेक्षित घोषणा गरे । जसले, उनका समर्थकहरूबीच एक प्रकारको चासो र शंका उत्पन्न गराएको छ।
उनले लेखेका छन्, ‘ तिहारसम्म मात्र भ्लग बनाउँछु । त्यसपछि सिसन बानियाँको युट्युब युगको अन्त्य हुनेछ ।’ त्योभन्दा थप उनले केही भनेका छैनन् । तर त्यसमा आश्चर्य जनाउँदै धेरैले ‘किन ? ’ भने प्रश्न गरेका छन् ।
धेरैले त्यस्तो नगर्न उनलाई सल्लाह पनि दिएका छन् । कतिपयले भने जिस्केर पोस्ट गरेको हुनसक्ने लख काट्दै प्रतिक्रिया दिएका छन् । तर यस लेख तयार गर्दासम्म यस विषयमा उनले थप केही पनि जानकारी दिएका छैनन् ।
अनलाइनखबरले उनीसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । उनको उक्त पोस्टले मुलत: दुईवटा बाटो लिने देखिन्छ । एक, उनी साँच्चै गम्भीर छन् । र, उनले भने जस्तै तिहारपछि युट्युबमा भ्गलिङ छाड्न सक्छन् । दुई, उनले त्यतिकै हावा तालमा भनेका हुन सक्छन् । जिस्केर भनेका हुन सक्छन् । र, उनी सामान्य अवस्थामा झैं नियमित भ्लग गर्न सक्छन् । अथवा अरु कसैलाई ह्यान्डओभर गर्न सक्छन् ।
तर त्यस्तो लेख्नु अघि ‘अब के गरौं ?’ भनेर उनले पोल बनाएका थिए । त्यसमा धेरैले भ्लग चाहियो भनेर भोट गरेका छन् । अनि उनले ‘भ्लग्स दैनिक आउँदै नै छ’ भनेर पनि लेखेका छन् । अब यस विषयमा उनले थप नभनेसम्म यो कुरा अज्ञात नै रहन्छ ।
अहिले उनकै नामको युट्युब च्यानलमा केही समयअघिको मुस्ताङ भ्लग नियमित रूपमा अपडेट भइरहेको छ । यसबाहेक २ अगस्टका दिन भारतमा हुने एमएमए फाइटर रविन्द्र ढाँटको तयारीमा पनि रहेका छन् ।
प्रतिक्रिया 4