+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बधाई आउन थालेपछि वर्षाको प्रष्टीकरण : सबै जना शान्त हुनुस्, म गर्भवती छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १५:५८

काठमाडौं । अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा सेयर गरेका पछिल्ला दुई तस्वीर यतिबेला चर्चामा छन् । दुई फोटोमा उनको पेट पुट्ट निस्किएको देखिएको छ । हरियो रङको गाउन र सेतो आउटफिटमा उनी आकर्षक पनि देखिएकी छन् ।

यो देखेर धेरैले उनी गर्भवती भएको आकलन गरे । फोटोको कमेन्टमा पनि उनलाई बधाईको ओइरो छ । धेरैले उनलाई आमा बन्न लागेको भन्दै बधाई दिइरहेका छन् ।

वर्षालाई बधाईको ओइरो पनि यतिसम्म आउन थाल्यो कि उनकी आमाले जिज्ञासा राख्दै सोधेकी छन्– ‘नानी सबैले बधाई देका छन् त किन हो ?’ वर्षाले आमालाई भन्छिन्– ‘पेट पुटुक्क देखेर होला ।’

आमा भन्छिन्– ‘घरमा हुँदा देखिएको थिएन ।’ वर्षा भन्छिन्– ‘खाएर ।’ उनले आमासँगको च्याटको पनि स्क्रिन सट समेत सेयर गरेकी छन् ।

उनलाई गर्भवती हुँदाको बधाईको ओइरो यतिसम्म आउन थाल्यो कि उनले हैरान भएर प्रष्टीकरण नै दिनुपरेको छ । उनले जवाफ दिएकी छन्, ‘सबैजना शान्त हुनुस्, म गर्भवती भएकी छैन ।’

वर्षाले २०७५ सालमा अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालासँग विवाह गरे हुन् । अहिलेसम्म पनि यी दुईलाई सन्तान योजनाको प्रश्नले पछ्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?