+

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

२०८३ वैशाख  १० गते १४:०८ २०८३ वैशाख १० गते १४:०८
एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेशनल प्याथ ल्याबले विगत एक वर्षदेखि नेपालमै नन–इनभेसिभ प्रिनेटल टेस्टिङ (एनआईपीटी) सेवा सञ्चालन गरिरहेको छ।

काठमाडौं । गर्भवती महिलाहरूका लागि भ्रूणमा सम्भावित क्रोमोजोम असामान्यताको जोखिम पहिचान गर्ने एनआईपीटी (नन–इनभेसिभ प्रिनेटल टेस्टिङ) सेवा नेपालमै विस्तार भएको छ । नेशनल प्याथ ल्याब (एनपीएल) ले यो सेवा विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको जनाएको हो ।

यसअघि विदेश पठाउनुपर्ने परीक्षण अब स्वदेशमै सम्भव बनेपछि समय, लागत र प्रक्रियामा सहजता आएको ल्याबको दाबी छ । ल्याबका प्रबन्ध निर्देशक पवन जोशीका अनुसार सेवाले छिटो र भरपर्दो नतिजा दिनुका साथै सेवाग्राहीको झन्झट कम गरेको छ ।

परीक्षणमा गर्भवती आमाको रगतमा रहेको सेल–फ्री डीएनए विश्लेषण गरी भ्रूणमा डाउन सिन्ड्रोम (ट्राइसोमी २१), एडवर्ड सिन्ड्रोम (ट्राइसोमी १८) र पटाउ सिन्ड्रोम (ट्राइसोमी १३) जस्ता अवस्थाको जोखिम मूल्याङ्कन गरिने कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. जीवन अधिकारी बताउँछन् ।

यो परीक्षण गर्भावस्थाको १० देखि २४ हप्ताभित्र गर्न सकिन्छ । विशेषगरी ३५ वर्षभन्दा माथिका गर्भवती, अघिल्लो गर्भावस्थामा जटिलता भएका वा प्रारम्भिक परीक्षणमा उच्च जोखिम देखिएका महिलाका लागि उपयोगी मानिन्छ ।

एनपीएलले सुरक्षित मातृत्व प्रवद्र्धन र समयमै जोखिम पहिचान गर्ने उद्देश्यसहित सेवा विस्तार गरेको दावी गरेको छ ।

एनआईपीटी गर्भवती
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय