+
+
Shares
गसिप :

सुटुक्कै नेपाल आएर के गर्दैछन् माग्ने बुढो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार दीपकराज गिरी अमेरिका गएर चुपचाप काम र फेसबुक भिडियो पोस्ट गर्दै आएका छन्, र अहिले नेपाल फर्किएर पत्नीको फिल्म प्रवर्द्धन गरिरहेका छन्।
  • गिरी ‘छ माया छपक्कै-२’ मा देखिएका छैनन्, जबकि पहिलो भागमा उनको भूमिका प्रमुख थियो र दर्शकले धेरै रुचाएका थिए।
  • दुई साताअघि उनले शंखमुलमा क्याफे उद्घाटन गर्दै ‘छ माया छपक्कै’ गीत पृष्ठभूमिमा बजाएको भिडियो राखेका थिए।

यो शीर्षक देखेर तपाईंलाई झोंक चल्न सक्छ । अनि झोक्किएरै भन्नुहोला, ‘के झ्याली पिटेर आउनु ? सुटुक्कै त आउने हो ।’

तपाईं यतिमै रोकिनु हुन्न सायद । फेरी थप्नुहोला, ‘शेरबहादुर देउवा हुन् र उनी, नेपाल फर्कदा पनि एयरपोर्टबाटै तामझाम गर्नलाई ?’

हुन पनि हो । उनी सुटुक्कै गएका थिए, सुटुक्कै आए । आउँदा हो–हल्ला गरेर आउने कुरा भएन । हुँदाछँदाको करियर छाडेर उनी अमेरिका पनि सुटुक्कै गएका थिए । नेपालमै ‘छक्का पञ्जा’ खेलिरहेका उनी एकाएक गायब भएका थिए । र, फुत्त अमेरिकी भूमीमा प्रकट भएका थिए ।

अमेरिकामा गएर चुपचाप काम गरेको भए कसैले उनको चियोचर्चा पनि गर्दैनथे । तर, उनी कति चुलबुले भने भिडियो बनाउँदै दिनदिनै फेसबुकमा पोस्ट गर्न थाले । त्यो पनि छोटो–छोटो जोकमा । उनको भिडियो हेरेर मान्छेहरुले अनुमान गरे, ‘यिनी अमेरिकामा बसेर दोहोरो कमाई गर्न थालिसके ।’

एक त उनको अज्ञात कामबाट । अर्को चाहिँ फेसबुकबाट ।

कमाई राम्रै चलिरहेको हुँदो हो, उनी नेपाल फर्किएछन् । नेपाल फर्किएर के गर्दैछन् ? दीपक दीपाको फिल्म फुत्किहाल्यो । त्यही भएर आफ्नी जीवनसंगीको फिल्म प्रवर्द्धन गर्दै बसेका छन् । कवड्डीबाट झांक्री गायब भएजस्तै ‘छ माया छपक्कै–२’ बाट उनी हराएका छन् ।

फिल्मको क्रेडिट लाइनमा नामोनिसाना छैन । पहिलो भागमा त उनकै हालीमुहाली थियो । जब जब उनी पर्दामा देखिन्थे, दर्शक उसैगरी हाँस्थे पनि । यसपाली उनलाई छ माया छपक्कैले ‘बारीको पाटामै पुर्‍याएको हो ?’

दुई साता अघि उनी एउटा क्याफे उद्घाटन गरिरहेका थिए, शंखमुलमा । बाबुराम क्याप लगाएर फिस्स हाँस्दै क्याफेको रिबन काटेको भिडियो राख्दै उनले पृष्टभूमीमा गीत बजाएका थिए, ‘छ माया छपक्कै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?