
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक दुर्गेश थापाले अस्ट्रेलिया टुरअघि अनर ब्राण्डको मोबाइलका व्यवसायिक दूत बनेका छन्।
- दुर्गेशले एक्सी सिक्स सी मोडलको फोन गुराँस नानीलाई उपहारस्वरुप दिने घोषणा गरेका छन्।
- उनको गीत 'जाने भए जाम माया'ले युट्युबमा २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड तोडेको छ।
काठमाडौं । पछिल्लो गीत ‘जाने भए जाम माया’को सफलतापछि गायक दुर्गेश थापा अहिले अस्ट्रेलिया टुरमा छन् । त्यता जानुअघि उनी ‘अनर’ ब्राण्डको मोबाइलका व्यवसायिक दूत बनेका थिए ।
ब्राण्ड एम्बेसडर बनेबापत उनले कम्पनीबाट एक्सी सिक्स सी मोडलको स्मार्टफोन पाएका थिए । तर, दुर्गेशले यो फोन उक्त हिट गीतकी मोडल गुराँस नानीलाई उपहारस्वरुप दिने भएका छन् ।
अस्ट्रेलियाबाटै स्टाटस लेख्दै दुर्गेशले आफूले उक्त फोन गुराँस नानीलाई गिफ्टस्वरुप दिने बताएका छन् । उनी लेख्छन्, ‘गुराँस ननी, हजुरको सपना, कलाकारिताको चाहना र हजुरको शैलीलाई मन पराएर नै हामीले पछिल्लो समय हजुरसँग सहकार्य गर्यौं, जसले खनिकै सफलता प्राप्त गरेको छ । म ‘अनर’ मोबाइको ब्रान्ड एम्बेसडर बनेपछि पाएको पहिलो एक्स सिक्स सी फोन हजुरलाई उपहार दिँदा यो खुशी अझ बिशेष बनेको छ । अब हजुरको प्रस्तुति अझै बिशेष बन्नेछ । सधै माया, सधै सम्मान – दुर्गेश थापाको तर्फबाट ।’
दुर्गेशले गुराँसलाई दिन लागेको अनरको यो मोडलको फोन जुलाई १३ मा नेपाली बजारमा उपलब्ध भएको हो ।
दुर्गेश र सिसन बानियाँको उक्त गीतमा गुराँस नानीको पनि अभिनय छ । यो गीतले २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड रचेको छ । साथै, ३ दिनभित्रै युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश हुने र अमेरिकाको युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो ।
यो गीतलाई अहिलेसम्म झण्डै ८० लाख पटक हेरिएको छ ।
प्रतिक्रिया 4