News Summary
Generated by OK AI. Editorially reviewed.- सौगात मल्ल र सृष्टि श्रेष्ठले ७ वर्षको सम्बन्धपछि ब्रेकअपपछि लामो समयपछि फिल्म 'भाइरल गोर्खे' मा सहकार्य गरेका छन्।
- सृष्टिले ट्रेलर सार्वजनिक समारोहमा सौगातलाई 'दाइ' भनेपछि माफी मागिन् र सौगातले त्यसमा कुनै आपत्ति नरहेको बताए।
- निर्देशक निगम श्रेष्ठ निर्देशित फिल्म 'भाइरल गोर्खे' १ माघदेखि प्रदर्शन तयारीमा छ।
काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ लामो समयपछि पर्दामा एकसाथ फर्किदैंछन् । यी दुईजनाको सम्बन्ध सम्भावित विवाहसम्म पुगेको थियो । झन्डै ७ वर्ष यी दुईजना रिलेसनसिपमा बसे ।
ब्रेकअपपछि यी दुईबीच पर्दामा सहकार्य समेत भएन । पछिल्लो समय यी दुईबीच प्याचअप भएको चर्चा छ ।
यस्तोमा, यी दुईजनाको शीर्ष भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’ प्रदर्शन तयारीमा छ । प्याचअपको चर्चाबीच यी दुईजनाले यो फिल्ममा एकसाथ सहकार्य गरे ।
फिल्मबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूको सम्बन्धबारेका प्रश्न वर्षिए । ट्रेलर सार्वजनिक गर्न आयोजित समारोहमा सृष्टिले सौगातलाई ‘दाइ’ भनेपछि उनी निकै ट्रोल बनेकी थिइन् ।
सोमबारको प्रेसमिटमा सृष्टिले यसबारे प्रष्टीकरण नै दिनुपर्यो । उनले भनिन्, ‘कार्यक्रममा मलाई पत्रकारले सौगात दाइसँग काम गर्दा कस्तो अनुभव भयो भनेर सोध्नुभएको थियो । मैले त्यही ‘फ्लो’मा उहाँलाई ‘दाइ’ भन्न पुगेछु । मैले जानेर चाहिँ भनेको थिइनँ । उहाँलाई मैले ‘दाइ’ भन्ने गरेको छैन । उहाँलाई सौगात नै भन्छु । ‘दाइ’ भन्नु ‘टङ स्लिप’ थियो ।’

सृष्टिले सौगाततिर हेर्दै माफी समेत मागिन् । तर, सौगातलाई सृष्टिले दाइ भनेकोमा कुनै आपत्ति रहेनछ ।
सौगातले सृष्टिले माफी मागेपछि भने, ‘उहाँले ‘दाइ’ भन्दा मेरो ‘रियाक्सन’ केही पनि थिएन । मलाई थाहा थियो, त्यो ‘टङ स्लिप’ थियो भन्ने । र, मलाई यो पनि थाहा थियो कि अब यो कुरालाई लिएर अरुले भन्ने ठाउँ पाए भनेर । तर, यो एकदमै सामान्य हो । मेरो पनि कतिपटक ‘टङ स्लिप’ भइरहेको हुन्छ ।’
प्रेसमिटमा यी दुईले फिल्मबारे पनि कुरा गरे । निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’ १ माघदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4