+
+
Shares

‘भाइरल गोर्खे’ बारे सौगात-सृष्टि : यो फिल्म वर्तमान समयको झलक हो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १७:१३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर सोसल ड्रामा 'भाइरल गोर्खे' १ माघदेखि प्रदर्शन तयारीमा छ।
  • निर्देशक निगम श्रेष्ठले सामाजिक सञ्जालको प्रभावलाई लिएर 'भाइरल गोर्खे' फिल्म बनाए।
  • फिल्ममा सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभावलाई कमेडीमार्फत देखाइएको छ।

काठमाडौँ । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर सोसल ड्रामा ‘भाइरल गोर्खे’ अहिले चर्चामा छ । नहोस् पनि किन ? सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ भन्ने शब्द चर्चामा छ ।

मान्छेहरू यतिबेला जानेर भाइरल भएका छन्, कोही नजानेर । कोही चाहेर भाइरल भएका छन्, कोही नचाहेरै । ‘भाइरल’ शब्द यतिबेला नेपालमा पनि ब्यापक प्रयोग हुने शब्द हो ।

तर, यसका सामाजिक र व्यक्तिगत प्रभावका कथा छन् । निर्देशक निगम श्रेष्ठले सोसल मिडिया युगको यो शब्दलाई टपक्क टिपेर ‘भाइरल गोर्खे’ फिल्म बनाए । कति गोर्खेहरू जानेर भाइरल होलान्, कति नबुझेर ।

यही थिममा बनेको फिल्म १ माघदेखि प्रदर्शन तयारीमा छ । आयोजित पत्रकार सम्मेलनमा सृृष्टि र सौगातसहित फिल्मका सदस्यहरूले मिडियासामु यसबारे चर्चा गरे ।

निर्माता अमित श्रेष्ठले फिल्ममा ड्रामा, कमेडी सबै कुराको मिश्रण रहेको र दर्शकले पूर्ण मनोरञ्जन पाउने बताए । यो पारिवारिक फिल्म रहेको उनले बताए ।

अभिनेत्री सृष्टिले फिल्मले वर्तमान समयको कथा भन्ने बताइन् । ‘यसभित्र सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभाव, भाइरल हुन मानिसले के-के गर्छ भन्ने कथा छन्’ फिल्मबारे उनी सुनिइन्, ‘सबै कुराहरू अहिलेको समयको लागि सान्दर्भिक छन् । सबै कुरालाई कमेडीमार्फत देखाइएको छ । लाइट हार्टेड, रेलेभेन्ट सिनेमा हो जस्तो लाग्छ ।’

उनले आफूलाई भाइरल हुने रहर नभएको बताइन् । ‘तर, कहिलेकाहिँ बाइप्रोडक्टको रुपमा भाइरल भइने रैछ’ उनले भनिन् । सौगातसँग उनको प्रेम सम्बन्ध सबैलाई थाहा भएकै कुरा हो । बीचमा ब्रेकअप भएपछि अहिले प्याचअपको चर्चा छ ।

प्रेसमिटमा सृष्टि सौगातप्रति सकारात्मक सुनिइन् । उनले सौगातको प्रशंसामा शब्द वर्षाइन् । भनिन्, ‘यो फिल्म उहाँको लागि पनि राम्रो होस् । म महसुस गर्छु कि उहाँ ठूलो कुराको लागि हुनुहुन्छ । संसारले नै उहाँको काम देखोस् भन्ने लाग्छ मलाई चाहिँ ।’

फिल्मको शीर्ष भूमिकामा देखिएका अभिनेता मल्लले आफूले निर्वाह गरेको पात्रबारे चर्चा गरे । ‘त्यो पात्र कसरी भाइरल हुन्छ, उसलाई भाइरल पनि भन्न आउँदैन, भाइरस भाइरस भनेको हुन्छ’ पात्रबारे उनले भने, ‘त्यहाँदेखि भाइरल हुँदासम्मको उसको यात्रा हो । त्यसपछि पनि दर्शकलाई खुब मजा आउँछ । मनमा छुने खालका सिन पनि छन् ।’

फिल्मले अहिलेको कथा भनिरहेको सौगात बताउँछन् । पात्रको पीडाले वर्तमान समयलाई झल्काउने उनी बताउँछन् । ‘लाइफमा अनेक स्ट्रगल छन् । सबै चीज कथामा छ । अहिलेको सबै कथा यसमा छ’ उनले भनिन् ।

आफूलाई भाइरल बन्न मन नलाग्ने बताउँदै सौगातले भने, ‘म भाइरल हुन त सक्दिन तर क्यारेक्टर गर्दा मजा आयो । यो संसार अजीव रैछ । ती चीज जान्न पाएँ ।’

निर्देशक श्रेष्ठको लागि पनि ‘भाइरल गोर्खे’ महत्वपूर्ण रहेको सौगातको कथन छ । श्रेष्ठसामु ‘छड्के २’ को असफलतापछि आफ्नो औचित्य पुष्टि गर्नुपर्ने समय आएको सौगातले बताए ।

‘उसको लागि छड्के २ गरिसकेर बुझ्ने समय आइसकेको थियो । उसले पर्सनल्ली आएर मलाई भन्यो- केही गरेर देखाउनुपर्नेछ दाइ । उसले जुन तरिकाले मलाई भन्यो- उसको स्क्रिनप्ले हेरेँ । त्यो हेरिसकेपछि एक्टरलाई पुगिहाल्छ । त्यो स्क्रिप्ट हेरेपछि जो सुकै एक्टरले नाइँ भन्ने थिएन’ निगमले यो फिल्मबारे आफूलाई प्रस्ताव राखेको सन्दर्भमा सौगातले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?