News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता राजेश हमालले एक कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तप्रति गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा विवाद सिर्जना भएको छ ।
- ‘सुपर कमेडी लिग’को पत्रकार सम्मेलनमा हमालले पन्तलाई लक्षित गर्दै गरेको अभिव्यक्ति भाइरल भएसँगै धेरैले उनको मजाक गर्ने शैलीमाथि प्रश्न उठाएका छन् ।
- मुख्य निर्णायकका रूपमा रहेका हमालले कार्यक्रममा पन्त र अभिनेत्री लुनिभा तुलाधरलाई क्याप्टेन र मेन्टरका रूपमा सार्वजनिक गरेका छन् ।
काठमाडौं । अभिनेता राजेश हमाल पत्रकार सम्मेलनमा आफूले भनेका कुरालाई लिएर विवादमा तानिएका छन् । आइतबार टिभी रियालिटी शो ‘सुपर कमेडी लिग’को प्रेसमिटमा उनले अभिनेत्री सुरक्षा पन्तलाई इंगित गर्दै अभिव्यक्ति दिएका थिए ।
हमालको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धेरैले उनको ‘सेन्स अफ ह्युमर’माथि प्रश्न गर्दै ट्रोल गरिरहेका छन् ।
हमालले छेउमा बसेकी पन्तलाई इंगित गर्दै भनेका थिए, ‘उहाँले अभिनय गरेर हँसाउन नसकेपनि उहाँलाई हेर्यो भने हाँसो उठ्छ कि जस्तो लाग्छ मलाई ।’
यति भनिसकेपछि हमाल जोडले एक्लै हाँस्छन् । उनको कुरा सुनेपछि सुरक्षा अक्क न बक्क परेको देखिन्छ । उनी प्रतिक्रियाविहिन देखिएकी छन् । त्यसपछि हमालले स्टेजमा रहेकी अभिनेत्री ‘लुनिभासँग मेरो पुरानो प्रेमकथा छ’ भन्दै हँसाउन खोज्छन् ।
कमेडी सम्बन्धी यो रियालिटी शोमा हमालको प्रेसमिटमा हमालले बोलेर हँसाउन खोजेको देखिन्छ । यद्यपि, उनको अभिव्यक्तिले भने सामाजिक संजालमा उनकै सेन्स अफ ह्युमरलाई प्रश्न गरिरहेको छ ।
यो शोमा हमाल मुख्य निर्णायकको रुपमा देखिँदैछन् । सुरक्षा र लुनिभालाई चाहिँ क्याप्टेन र मेन्टरको रुपमा चिनाइएको छ ।
प्रतिक्रिया 4