
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस नेपाल नम्रता श्रेष्ठले अभिनेता सलिनमान बनियासँग प्रेमसम्बन्धको गसिपलाई झूठो बताएकी छिन्।
- नम्रताले भनिन्, 'गसिप मेरो साइडबाट आएको हैन, उहाँकोबाट पनि हैन, यो सानो कुरालाई ठूलो बनाइएको हो।'
- उनले थपिन्, 'हामी एकदम मिल्ने साथी हौँ र हाम्रो फिल्म चाँडै आउँछ, दुई जनाको नाम जोड्नुपर्छ जस्तो लाग्दैन।'
काठमाडौं । ३ भदौको राती पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई एयरपोर्टमा रिसिभ गर्न अभिनेता सलिनमान बनिया पुगेपछि यो कुराले केही समय राम्रै चर्चा पायो ।
यी दुईबीच प्रेम सम्बन्ध रहेको चर्चा चल्यो । तर, यसबारे नम्रताले प्रष्टीकरण दिएकी छन् ।
एक कार्यक्रममा बोल्दै उनले गसिपहरू झूठो रहेको बताइन् । ‘गसिप मेरो साइडबाट आएको हैन, उहाँकोबाट पनि हैन । यो सानो कुरालाई ठूलो बनाइएको हो’ उनले भनिन् ।
उनी भन्छिन्, ‘त्यो दिन एकजनाको बर्थडे थियो । म आउँदिन, मेरो फ्लाइट ढिला हुन्छ भनेको थिएँ । साढे ८ मा ल्याण्ड हुनुपर्ने फ्लाइट, १० बज्यो । अनि उहाँलाई लिन पठाउनुभएको थियो । बिचरा, कुरेर बस्नु भएको थियो, नखाएको विष लाग्यो । अफयेरको समाचारले म दुखी भएँ ।’
आफूहरूको फिल्म चाँडै आउन लागेकोले पुनः एकसाथ देखिनसक्ने जानकारी उनले दिइन् । ‘त्यसमा दुई जनाको नाम जोड्नुपर्छ जस्तो लाग्दैन मलाई, हामी एकदम मिल्ने साथी हौँ,’ उनले भनिन् ।
सोही कार्यक्रममा उपस्थित सलिनका साथी सलोन बस्नेतले यो समाचार सुनेपछि आफूहरू हाँसेको बताए ।
प्रतिक्रिया 4