+
+
Shares

चिन्नुहोस् त को हुन् यी, गुन्यूचोली र बुलाकी लगाएकी ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रियंका कार्कीले ग्रामीण पहिरनका आधा दर्जनभन्दा बढी फोटो फेसबुकमा राख्दै कलाकार हुनु सपनाजस्तै पेसा भएको लेखेकी छिन्।

तपाईंले बुलाकी देख्नुभयो ? अहिले त धेरैको नाकबाट यो आभूषण हराइसकेको छ । बुलाकी कस्तो हुन्छ ? ठ्याक्कै यिनले लगाएजस्तो ।

रातो चोलो, रातै पोते, फूलबुट्टे गुन्यू । अनि न्यानो बर्को । झट्ट हेर्दा तपाईंलाई कतै चिनेचिने जस्तो लाग्न सक्छ । गाउँछिमेकको आफन्तजस्तो लाग्न सक्छ । बोलाउँ-बोलाउँ लाग्न सक्छ । किनभने  तपाईंलाई उनी नजिकैको इष्टमित्रजस्तो लाग्न सक्छिन् । को होलिन् त उनी  ?

तपाईंले ठीक सोच्नुभयो, उनी हुन् प्रियंका कार्की ।

यी अभिनेत्री ग्रामीण पहिरनमा के गर्दै होलिन् ?

भर्खरै मात्र उनले फेसबुकमा आधा दर्जनभन्दा बढी यस्तै फोटो पोस्ट गरेकी छिन् । र लेखेकी छिन्, ‘म कति भाग्यमानी छु है ! हरेक दिन फरक–फरक जीवन बाँच्न पाउनु, अनेक सुन्दर पात्रमा आफूलाई ढाल्न पाउनु र हरेक दिन नयाँ कथा अनुभव गर्न पाउनु । साँच्चै, कलाकार हुनु भनेको सपनाजस्तै पेसा हो ।’

अनि यो पेसालाई अझ मिठास भर्ने काम कसले गरेको छ ? उनले त्यो कुरा पनि खुलाएकी छिन् । उनी अगाडि थप्छिन्, ‘अनि थाहा छ, यसलाई अझ विशेष बनाउने कुरा के हो ? मेरा सुन्दर प्रोजेक्टहरूलाई क्यामेरामा कैद गर्न मेरो श्रीमान् सधैँ पछाडि हुनुहुन्छ । म क्यामेराको अगाडि, उहाँ पछाडि । यसरी हामी दुवै मिलेर जादु सिर्जना गरिरहेका हुन्छौँ ।’

उस्तै पेसामा रहँदा त्यसले एकअर्कालाई सहयोग हुने मात्र होइन, एकअर्काप्रति सम्मानभाव पनि जाग्ने उनको बुझाइ छ । प्रियंका लेख्छिन्, ‘जीवन मात्र होइन, एउटै रुचि, एउटै सपना र कथा भन्ने कलाप्रतिको एउटै प्रेम पनि सँगै बाँड्न पाउनुमा छुट्टै सुन्दरता छ ।

हाम्रो साथका लागि, आफूले मन पराएको काम गर्न पाएकोमा, आफूले गरेको कामलाई प्रेम गर्न पाएकोमा र सँगै यस्ता धेरै–धेरै जादुमय पलहरू सिर्जना गर्न पाएकोमा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?