+
+
Shares

यी सानी फुच्चीको सपना के थियो ? अहिले के भइन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते ७:३३

ठिम्याएर हेर्नुहोस् त । को हुन् उनी ? हिस्स परेकी, उज्यालो अनुहार भएकी, फूलबुट्टे लुगा लगाएकी । उनलाई तपाईंले अनगिन्ती फिल्ममा हेर्नुभयो । उनको नाच, अभिनय मन पराउनुभयो । फेरि ठान्नुहोला, यी फुच्ची कुनै बाल कलाकार हुन् ।

यिनी हुन्, प्रियंका कार्की । अहिले उनी छोरीकी आमा भइसकेकी छन् । कुनै दिन उनकी छोरी पनि यस्तै हुनेछिन् र यसरी नै फोटो खिच्नेछिन् ।

अभिनेत्री प्रियंका कार्कीले यो फोटो सेयर गर्दै केही कुरा लेखेकी छिन्, जुन प्रेरक लाग्न सक्छ ।

उनी लेख्छिन्, ‘यो सानी केटीको सपना, जुन आज म बाँचिरहेकी छु । यी फुच्चीले विश्वास गरिन्, आशा राखिन् र अगाडि बढिरहिन् । कुनै न कुनै रूपमा त्यही सानो मनको साहस र विश्वासले मलाई यहाँसम्म ल्याइपुर्‍यायो ।

मैले मेहनत गरेँ, संघर्ष गरेँ, लडेँ, सिकेँ र आफ्नो सपनालाई रोजिरहेँ । आज जे पाएकी छु, त्यसलाई म कहिल्यै सामान्य ठान्दिनँ ।

त्यसैले मेरी सानी म, कुनै प्रमाणविना पनि एक दिन सबै कुरा राम्रो हुनेछ भनेर विश्वास गरेकोमा तिमीलाई धन्यवाद । मलाई आशा छ, तिमी हामीप्रति गर्व गर्छ्यौ । हामीले गर्‍यौँ र अझै पनि सपना देखिरहेका छौँ ।’

सपना, दृढता, लगाव र निरन्तरता । यही कुराले उनलाई आज एउटी सानी फुच्चीबाट अभिनेत्रीसम्मको बाटो तय गरिदियो ।

प्रियंका कार्की यतिबेला पारिवारिक जीवनमा रमाइरहेकी छिन् । उनी आफ्नी सानी छोरीसँग खेल्दै र रमाउँदै गरेका फोटो सेयर गर्छिन् । एउटी फुच्ची आमा बनिन् र आमाको रूपमा आफूलाई पोख्त बनाउने यत्नमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?