+
+
Shares

‘प्रतिवैरम’ ले ४ भाषामा सार्वजनिक गर्‍यो ‘माहोल गरम’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोशन दास निर्देशित फिल्म ‘प्रतिवैरम्’ ४ मंसिरदेखि प्रदर्शनमा आउन लागेको छ ।
  • निर्माताले प्रदर्शन अघि फिल्मको पहिलो गीत ‘माहोल गरम’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी संस्करणमा सार्वजनिक गरेका छन् ।
  • नेपाली संस्करणमा रोशन दासको शब्द, मनीष अधिकारीको संगीत र ऋतिका श्रेष्ठको स्वर छ भने प्रियंका कार्की ‘बसन्ती’ भूमिकामा देखिएकी छन् ।

काठमाडौं । रोशन दासको निर्देशनमा निर्माण भएको फिल्म ‘प्रतिवैरम’ ४ मंसिरदेखि प्रदर्शन तयारीमा छ । प्रदर्शनको उल्टो गणना सुरु भएसँगै निर्माताले पहिलो गीत ‘माहोल गरम’ सार्वजनिक गरेका छन् ।

नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा गीत सार्वजनिक गरिएको हो । गीतको नेपाली संस्करण ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ भने हिन्दी, मैथिली र भोजपुरी संस्करण आदर्श प्रोडक्सन च्यानलबाट रिलिज गरिएको छ ।

नेपाली संस्करणको गीतमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत छ । गायिका ऋतिका श्रेष्ठको स्वरमा रहेको गीतमा प्रियंका कार्कीलाई ‘बसन्ती’को भूमिकामा प्रस्तुत गरिएको छ ।

हिन्दी संस्करणको शीर्षक ‘जवानी कातिल’ राखिएको छ, जसमा शिवानी भगतको स्वर र लभ कर्णको शब्द छ । त्यसैगरी मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको छ ।

मैथिली तथा भोजपुरी संस्करणका गीतकारका रूपमा सुमन मण्डलको नाम भने समीक्षा चौधरीको स्वर छ । गीतमा प्रियंका कार्कीको साथमा नवीन श्रेष्ठ, रोनी यादव, नारायण बीके, प्रदीप ढकाललाई पनि देख्न सकिन्छ । गीतले मनोरञ्जनात्मक आइटम प्रस्तुति मात्र नभई फिल्मका केही महत्वपूर्ण एक्सन दृश्यलाई समेत झल्काएको छ ।

फिल्ममा सम्राट दास, वीरेन्द्रसिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय छ । यो फिल्म सम्राट दासको डेब्यू फिल्म हो ।

रेज इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको ‘प्रतिवैरम्’ आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्टसँगको सहकार्यमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?