News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘मास्टर्नी’ले दुई दशक पुरानो चर्चित गीत ‘गुराँस फुल्दा बनै घमाइलो’को रि-क्रिएसन संस्करण सार्वजनिक गरेको छ ।
- रि-क्रिएसन गीतमा बसन्त सापकोटाको संगीत रहेको छ भने यसमा अभिनेत्री प्रियंका कार्की र वर्षा राउतले अभिनय गरेका छन् ।
- सुवेन्दु घोषद्वारा निर्देशित फिल्म ‘मास्टर्नी’ आगामी ५ भदौदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा रहेको छ ।
काठमाडौं । दुई दशकअघिको चर्चित गीत ‘गुराँस फुल्दा बनै घमाइलो’ को पुनःसिर्जना (रि-क्रिएसन) संस्करण युट्युबमा सार्वजनिक गरिएको छ ।
प्रदर्शन तयारीमा रहेको फिल्म ‘मास्टर्नी’ले भुवन केसी र सुस्मिता केसी स्टारर फिल्म ‘सुपरस्टार’मा समावेश गीतलाई पुनःसिर्जना गर्दै दर्शकमाझ ल्याएको हो ।
मौलिक गीतमा सचिन सिंहको संगीत, साधना सरगमको स्वर र दयाराम दाहालको शब्द छन् । रि-क्रिएसन भने बसन्त सापकोटाको संगीतमा गरिएको छ ।
मौलिक गीतको भिडियोमा सुस्मिताको अभिनय छ भने रि–क्रिएसन संस्करणमा प्रियंका कार्की र वर्षा राउत फिचर्ड छन् । गम्भीर विष्टको नृत्य निर्देशन यसमा छ । प्रियंका यो फिल्मकी निर्मात्री तथा अभिनेत्री पनि हुन् ।
सुवेन्दु घोष निर्देशित फिल्म ५ भदौदेखि प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4