+
+
Shares

युवाहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गरौँ : प्रचण्ड

नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान सदैव महत्त्वपूर्ण रहँदै आएको उनले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १२:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
  • उनले नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा युवाहरूको संघर्ष तथा योगदान सदैव महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
  • प्रचण्डले भने- युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गरौँ ।

२६ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान सदैव महत्त्वपूर्ण रहँदै आएको उनले बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उनको आग्रह छ ।

अगाडि लेख्छन्, ‘युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?