१ साउन, काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन परेको छ ।
शुक्रबार एक शिक्षकले उक्त गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै लिखितै निवेदन दिएका हुन् ।
निवेदन दिने शिक्षक तनहुँको ब्यास नगरपालिका- ११ को बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराई छन् ।
निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ ।
यसअघि उक्त गीतले शिक्षक र शिक्षण पेशाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले पनि आपत्ति जनाउँदै विज्ञप्ति निकालेका छन् ।
यस्तो छ उजुरी :

प्रतिक्रिया 4