+
+
Shares

दोस्रो सन्तानको पिता बनेपछि दुर्गेश : जीवनको अर्को सुन्दर अध्याय सुरु गर्दैछु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक दुर्गेश थापा दोस्रो सन्तानका पिता बनेका छन् र छोराको अन्नप्राशनको अवसरमा यसबारे सार्वजनिक जानकारी दिएका छन्।
  • दुर्गेशले दोस्रो छोराको नाम देवांश र पहिलो छोराको नाम दक्षित रहेको उल्लेख गरेका छन्।
  • दुर्गेशले १० माघमा जन्मदिनको अवसरमा 'नाच नाच भाइ नाच' गीत सार्वजनिक गरेका थिए, जुन ४ दिनमा १० लाख पटक युट्युबमा हेरिएको छ।

काठमाडौं । गायक तथा पर्फमर दुर्गेश थापा दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी प्राची लामाले ६ महिनाअघि दोस्रो सन्तानलाई जन्म दिएपनि बल्ल आएर दुर्गेशले यसबारे खुलाएका हुन् ।

छोराको अन्नप्राशन अर्थात् पास्नीको अवसर पारेर दुर्गेशले पहिलो पटक दोस्रो सन्तान लाभको खुसी सार्वजनिक गरेका हुन् ।

छोरासँगको भिडियो सार्वजनिक गर्दै दुर्गेशले लेखेका छन्, ‘आज मेरो जीवनको अर्को सुन्दर अध्याय सार्वजनिक गर्दै छु । मेरो दोस्रो छोरा- नाम मात्र होइन, मेरो पहिचानको निरन्तरता ।’

उनले पहिलो छोराको नाम दक्षित र दोस्रो छोराको नाम देवांश थापा रहेको समेत उल्लेख गरेका छन् । १० माघमा दुर्गेश र जेठो छोरा दक्षित दुबैको जन्मदिन हो । त्यही अवसरमा उनले ‘नाच नाच भाइ नाच’ गीत ल्याएका थिए ।

रिलिजको ४ दिनसम्म यो गीतलाई १० लाख पटक युट्युबमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?