News Summary
Generated by OK AI. Editorially reviewed.- गायक दुर्गेश थापाले अमेरिकाको टेक्सास राज्यको डालसमा १५ नोभेम्बर शनिबार 'दुश्मन हेरेको हेर्यै' सांगीतिक टूर अन्तर्गत प्रस्तुति दिनेछन्।
 - डालसको सफायर इभेन्ट हलमा राजेशपायल राई, किरण गजमेर, इन्द्र शाह, छविराज सुनार र डीजे राईले पनि प्रस्तुति दिनेछन्।
 - दुर्गेशले अस्टिन, न्यूयोर्क सिटी, ह्यारिसबर्ग, पिट्सबर्ग, मनसास र बाल्टिमोरमा प्रस्तुति दिइसकेका छन् र अब लस एन्जलस, ओहायो, कोलोराडो, सन-फ्रान्सिस्कोमा कार्यक्रम तय छ।
 
काठमाडौं । ‘दुश्मन हेरेको हेर्यै’ सांगीतिक टूरको क्रममा अमेरिकामा रहेका गायक दुर्गेश थापा टेक्सास राज्यको डालसमा गुञ्जिने भएका छन् ।
अमेरिकी समयानुसार १५ नोभेम्बर शनिबार उनले डालसमा प्रस्तुति दिने तय भएको हो ।
स्थानीय सफायर इभेन्ट हलमा हुने कार्यक्रममा राजेशपायल राई, किरण गजमेर, इन्द्र शाह, छविराज सुनार र डीजे राईले पनि प्रस्तुति दिनेछन् ।
दुर्गेशले यसअघि अस्टिन, न्यूयोर्क सिटी, ह्यारिसबर्ग, पिट्सबर्ग, भर्जिनियाको मनसास र बाल्टिमोरमा प्रस्तुति दिइसकेका छन् ।
अब लस एन्जलस, ओहायो, कोलोराडो, सन-फ्रान्सिस्कोमा उनले प्रस्तुति दिने कार्यक्रम छ । ‘अहिलेसम्मका सबै कार्यक्रम भब्यरुपमा सफल भएका छन्’ अनलाइनखबरसँग दुर्गेशले भने ।
उनको गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्युब र स्पोटीफाईको ग्लोबल ट्रेन्डिङमा समावेश गीत हो । यो गीतकै नामबाट उनको अमेरिकी सांगीतिक टूरको नामाकरण गरिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4