News Summary
Generated by OK AI. Editorially reviewed.- गायक दुर्गेश थापाले आगामी १० माघमा 'नाच नाच भाइ नाच' गीत युट्युबमा रिलिज गर्ने तयारी गरिरहेका छन्।
- गीतको म्युजिक भिडियो छायांकन सकिएपछि दुर्गेश हेलिकप्टर चार्टर गरेर गोरखा पुगेका थिए।
- गीतमा दुर्गेशको शब्द तथा संगीत रहेको छ र राजेशपायल राईले गायनमा साथ दिएका छन्।
काठमाडौं । यतिबेला दुर्गेश थापालाई भ्याइनभ्याइ छ । एकपछि अर्को हिट गीतहरू पस्किरहेका उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टूरले तत्कालै विश्राम लिने छाँट छैन । अमेरिका टूरबाट घर फर्किएका उनी अहिले देशब्यापी दौडाहामा छन् ।
ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्यै’ गायकबारे नयाँ अपडेट छ । उनले आगामी गीत ‘नाच नाच भाइ नाच’ को म्युजिक भिडियोको छायांकन सकेका छन् । यो गीतलाई १० माघमा युट्युबमा रिलिज गर्ने तयारी छ ।
उक्त दिन दुर्गेश र उनका छोरा दक्षित दुबैजनाको जन्मदिन भएको सो अवसरमा गीत ल्याउन लागिएको दुर्गेशले अनलाइनखबरलाई बताए । विजु पार्कीको निर्देशन र रुपेश थापाको छायांकन रहेको यो गीत भव्य बनेको दुर्गेशले बताए ।
गीतको अडियोमा भने दुर्गेशको शब्द तथा संगीत छ । गायनमा उनलाई राजेशपायल राईले साथ दिएका छन् भने लेखनमा वर्षा इटानीले । भ्योमाले र्याप गाएका छन् ।
गीतको छायांकन सकिएलगत्तै दुर्गेश हेलिकप्टर चार्टर गरेर प्रस्तुतिको लागि गोरखा पुगेका थिए । जहाँ, उनले दर्शकको बाक्लो उपस्थितीमा भब्य प्रस्तुति दिए । प्राप्त तस्वीरमा उनले आफ्ना हिट गीतमा दर्शक झुमाएको देख्न सकिन्छ ।




प्रतिक्रिया 4