News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको बोदेबरसाइन नगरपालिका–६ का स्थानीयले सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि विरोधस्वरूप सडकमै धान रोपेका छन्।
- विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका युवाहरूले सडकको दयनीय अवस्था र सम्बन्धित निकायको बेवास्ताका विरुद्ध सडकमै धान रोपेर सांकेतिक विरोध प्रदर्शन गरेका छन्।
- स्थानीय केदारप्रसाद यादवले भने, \'सडकमा धान रोप्नु हाम्रो रहर होइन, विकासका नाममा भएको लापरबाहीप्रतिको सांकेतिक विद्रोह हो ।\'
१ साउन, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–६ फुल्काहीको मुख्य सडक वर्षायाममा हिलाम्मे र जोखिमपूर्ण बनेपछि स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्।
स्थानीयका अनुसार सडकमा हिलो र पानी जम्दा पैदलयात्री, विद्यार्थी तथा सवारीसाधन आवतजावत गर्न निकै कठिन भएको उनीहरूको गुनासो छ।
सडकको दयनीय अवस्थाप्रति सम्बन्धित निकायले शीघ्र ध्यान दिई दीर्घकालीन समाधान गर्नुपर्ने स्थानीयको माग छ।
यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरिया टोल जाने मुख्य सडकको दयनीय अवस्थाको विरोधमा स्थानीय युवाहरूले सडकमै धान रोपेर सांकेतिक विरोध प्रदर्शन गरेका छन्।
वर्षायाममा सडक हिलाम्मे र जलमग्न हुँदा विद्यार्थी तथा सवारीसाधन आवतजावत गर्न निकै सास्ती खेप्न बाध्य भएको उनीहरूको गुनासो छ ।
पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सडक निर्माण तथा स्तरोन्नतिका लागि प्रभावकारी पहल नभएको भन्दै युवाहरूले धान रोपेर विरोध जनाएका हुन्।
स्थानीय केदारप्रसाद यादवले भने, ‘सडकमा धान रोप्नु हाम्रो रहर होइन, विकासका नाममा भएको लापरबाहीप्रतिको सांकेतिक विद्रोह हो ।’
स्थानीयले सडकको तत्काल मर्मत तथा स्तरोन्नतिको काम अघि बढाउन विष्णुपुर गाउँपालिका र सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रतिक्रिया 4