+
+
Shares

‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ नारासहित आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ ।
  • कम्पनीले नेपाल अपाङ्ग महिला संघसँग समावेशी रोजगारी प्रवर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
  • क्लासिक टेकले अनमोल चिल्ड्रेन डेभलपमेन्ट होमलाई निःशुल्क उच्च गतिको इन्टरनेट र कम्प्युटर सहयोग प्रदान गरेको छ ।

१ साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ मूल नारासहित आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै, प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ।

कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान रहेको क्लासिक टेकले जनाएको छ ।

यसअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघसँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। साथै, अनमोल चिल्ड्रेन डेभलपमेन्ट होमलाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा र एक थान कम्प्युटर उपलब्ध गराएर बालबालिकाको डिजिटल शिक्षामा सहयोग गरेको जनाएको छ।

कम्पनीले ग्राहक, कर्मचारी, साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा र सामाजिक उत्तरदायित्वमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?