News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री सुस्मिताले छोरा अनमोल केसीबाट नागरिकता प्राप्त गरेकाले आफ्नो कानूनी पहिचान 'केसी' भएको स्पष्ट पारिन् ।
- सामाजिक सञ्जालमा थरका विषयमा चर्चा भएपछि उनले फेसबुकमार्फत आफू जीवनको अन्तिम समयसम्म केसी नै रहने उल्लेख गरिन् ।
- सुस्मिताले नेपालको प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया पूरा गरेर छोराका नामबाट नागरिकता प्राप्त गरेको जानकारी दिइन् ।
काठमाडौं । अभिनेता अनमोल केसीकी आमा सुस्मिताको परिचय अभिनेत्री र निर्मात्रीको रुपमा छ । भुवन केसीसँग डिभोर्सपछि सुस्मिता लामो समयदेखि लाइमलाइटबाट टाढा छिन् । यद्यपी, बेला–बेलामा उनी विभिन्न कारणले चर्चामा हुन्छिन् ।
जस्तो, केही दिनदेखि उनी एकाएक ‘थर’को कारणले चर्चामा छिन् । भुवनसँगको वैवाहिक जीवन टुंगिएपछि उनले आफ्नो थर परिवर्तन गरिन् । केही दिनदेखि भने सामाजिक सञ्जालमा उनले आफ्नो थर केसी राखेकी छन् ।
पूर्वपतिको थर पुनः सोसल मिडियामा राखेपछि प्रशंसकले उनलाई प्रश्नले घेरिरहेका छन् । यो विषयले चर्चा पाउन थालेपछि सुस्मिताले आइतबार राति फेसबुकमार्फत जीवनको अन्तिम समयसम्म केसी नै रहनेछु भनेर बताएकी छन् ।
आफूले छोरामार्फत कानुनी पहिचान प्राप्त गरेको जनाउँदै सुस्मिताले छोराप्रति गर्व महसुस गरेकी छन् । छोराले आफ्नो कानुनी पहिचानलाई पूर्णता दिने अवसर दिएको सुस्मिताले उल्लेख गरेकी छन् ।
आफ्नो लागि संसारमा छोरा र पहिचान मूल्यवान रहेको बताउँदै उनले ‘केसी’ थर छोराले दिएको अमूल्य पहिचान रहेको बताएकी छन् । ‘त्यसैले म आत्मविश्वासको साथ भन्छु– म केसी हुँ’ उनी लेख्छिन्, ‘मेरो छोरा अनमोलले दिएको यही पहिचानप्रति म सँधै गर्व गर्नेछ । म मेरो जीवनको अन्तिम साससम्म केसी नै रहनेछु ।’
लेख्छिन्, ‘यो कुनै थरको बहस होइन । यो मेरो कानुनी अधिकारको विषय हो । यो मेरो अस्तित्वको विषय हो । यो मेरो आत्मसम्मानको विषय हो र सबैभन्दा महत्वपूर्ण कुरा, यो एक आमाको गर्वको विषय हो ।’
‘नेपालको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया र मापदण्ड पूरा भएपछि आमाले आफ्नै छोराबाट नागरिकता प्राप्त गर्न सक्नुहुन्छ’ सुस्मिता लेख्छिन्, ‘मैले पनि सोही कानुनी प्रक्रियाअनुसार नागरिकता प्राप्त गरेकी हुँ, र मेरो कानुनी तथा आधिकारिक पहिचान केसी हो ।’
प्रतिक्रिया 4