+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
129/6 (17.3)
Shares

करिश्माले माफी मागिन् : कुर्सीलाई ढोगिन्, कान समातेर उठ्बस गरिन्

‘कसैलाई अनादर गर्ने मेरो उद्देश्य थिएन । यो एउटा तीव्र गतिको पोज थियो र मेरो खुट्टा केही सेकेन्डको लागि कुर्सीमा थियो । मलाई थाहा थिएन कि यो आपत्तिजनक देखिन्छ । तैपनि, यदि यसले कसैलाई असर पारेको छ भने साँच्चै माफी चाहन्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री करिश्मा श्रेष्ठले त्रिवि क्रिकेट मैदानमा कुर्सीमा खुट्टा टेक्ने घटनामा माफी मागेकी छिन्।
  • उनले इन्स्टाग्राममा रिल्स पोस्ट गर्दै 'कसैलाई अनादर गर्ने मेरो उद्देश्य थिएन' भनेकी छिन्।
  • करिश्मा नियमितरुपमा नेपाल प्रिमियर लिग हेर्न त्रिवि क्रिकेट मैदान पुगिरहेकी छिन्।

काठमाडौं । अभिनेत्री तथा मोडल करिश्मा श्रेष्ठले खुट्टाले कुर्सीलाई टेकेको घटनामा माफी मागेकी छिन् । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल हेर्ने क्रममा उनले खुट्टाले कुर्सीमा टेकेको फोटो सार्वजनिक गरेकी थिइन् ।

फोटो भाइरल मात्र भएन, उनले चौतर्फी गाली खानुपर्‍यो । सामाजिक सञ्जाल प्रयोगकर्ताले सेलिब्रेटी भएर संस्कार बिर्सिएको आरोप लगाए ।

विहिबार इन्स्टाग्राममा नयाँ रिल्स पोस्ट गर्दै करिश्माले माफी मागेकी छिन् । रिल्समा उनले कुर्सीलाई निहुरिएर ढोगेको, कान समातेर उठ्बस गरेकोदेखि खसेका फोहोर संकलन गरेको देखिन्छ ।

‘हो मैले व्यक्तिगतरुपमा कुर्सीसँग माफी मागेँ । तपाईंहरू सबैलाई स्पष्ट पार्न चाहन्छु- कसैलाई अनादर गर्ने मेरो उद्देश्य थिएन । यो एउटा तीव्र गतिको पोज थियो र मेरो खुट्टा केही सेकेन्डको लागि कुर्सीमा थियो । मलाई थाहा थिएन कि यो आपत्तिजनक देखिन्छ । तैपनि, यदि यसले कसैलाई असर पारेको छ भने साँच्चै माफी चाहन्छु ।’

एनपीएल सुरु भएदेखि नै करिश्मा नियमितरुपमा त्रिवि क्रिकेट मैदानमा पुगिरहेकी छिन् । करिश्माले एउटा साथी, लभ सब, बाबु कान्छा, मायावी, ११ः५५ जस्ता फिल्ममा अभिनय गरेकी छिन् । मोडल समेत रहेकी उनी पछिल्लो कन्टेन्ट क्रिएसनमा समेत ब्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?