News Summary
Generated by OK AI. Editorially reviewed.- मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले आफूलाई बुबाप्रतिको समर्पण र आज्ञाकारिताका कारण चिनिने बताएका छन्।
- यमनले आफ्नो नाम २९ फागुन २०३१ मा काठमाडौंको वीर अस्पतालमा जन्मिएको र यशोदा, मदन मिलाएर यमन राखिएको गीतमार्फत सुनाएका छन्।
- लेखमा यमनलाई मीठो आवाजका गायक र मदनकृष्णसँग धेरैजसो देखिने कलाकारका रूपमा वर्णन गरिएको छ।
उनलाई कलियुगका श्रवणकुमार भनिदिए हुन्छ । बुबाप्रति उनको सद्भाव, समर्पण र लगाव हेर्नुहोस् त, तपाईंलाई त्यस्तै लाग्दैन ?
उनको नाम चाहिँ के हो भनेर नसोध्नुहोस् । कति पटक गीत गाएरै उनले भनेका छन्–
‘हिमालको काखमा छ सानो मेरो गाउँ
मदनकृष्णको छोरो हुँ म, यमन मेरो नाउँ ।’
त्यसो त उनलाई चिनाउनका लागि मदनकृष्णको छोरो भनेर विशेषणको फुर्को जोडिरहनु पनि पर्दैन । उनी आफैँमा मीठो आवाजले युक्त गायक हुन् । कति गीत गाइसके, कति स्टेज शो गरिसके । उनको अनुहार देखेपछि तपाईंले यसो चाहिँ पक्कै भन्नुहुन्छ, ‘कतै देखेँ–देखेँ जस्तो लाग्छ ।’
कहाँ देखेका होलान् त ? टिभीमा, स्टेजमा । त्योभन्दा बढी बुबा मदनकृष्णको साथमा । मदनकृष्णलाई जहाँ–जहाँ देख्नुहुन्छ, त्यहाँ–त्यहाँ यमनलाई भेट्नुहुन्छ । किनभने उनी बुबाका आज्ञाकारी पुत्र जो परे ।
यमन आफैँमा रसिक छन्, बुबाजस्तै । हाँस्छन्, रमाउँछन् । उनी झोक्किँदा वा रिसाउँदा कस्ता देखिएलान् ? तपाईं कल्पना पनि गर्न सक्नुहुन्न । किनभने उनलाई सधैँ तपाईंले अर्धचन्द्र मुस्कान बोकेर हिँडिरहेको देख्नुभएको छ नि त ।
यी लक्का जवान यमनलाई देखेर तपाईंलाई लाग्न सक्छ, ‘मान्छे त सधैँ यस्तो कूल हुनुपर्छ ।’
उनको नाम यमन नै कसरी रह्यो त ? त्यो पनि उनले रोचक पाराले भन्ने गरेका छन् । त्यो पनि गीतबाट । यसरी,
‘जन्मेको म काठमाडौंको वीर अस्पतालमा
२९ फागुन २०३१ सालमा
छोराको नाउँ के राखौँ भनी बालाई दोमन भो
यशोदा, मदन मिलाएर मेरो नाम यमन भो ।’

प्रतिक्रिया 4