+
+
Shares

पैसाकै लागि गीत बनाएको भए हटाउने थिइँन : दुर्गेश थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक दुर्गेश थापाले विवादित बनेको आफ्नो फिल्म 'मास्टर्नी' को प्रवर्धन गीत दर्शकको भावना सम्मान गर्दै स्वेच्छाले युट्युबबाट हटाएको दाबी गरेका छन् ।
  • उनले कुनै पनि सरकारी निकायको निर्देशनमा नभई कमजोरी सच्याउने उद्देश्यले गीत प्राइभेट गरेको स्पष्ट पारेका छन् ।
  • दुर्गेशले आफ्नो नयाँ तीज गीत 'बिचबिचमा २' परम्परागत शैलीभन्दा नाच्न मिल्ने शैलीमा तयार पारिएको जानकारी दिएका छन् ।

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले केही दिनअघि तीज गीत ‘बिच बिचमा २’ ल्याए । गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनको यो गीतभन्दा उनले हालै ल्याएको फिल्म ‘मास्टर्नी’ को प्रवर्धन गीत युट्युबबाट हटाइएको कुराले चर्चा पायो ।

यो सन्दर्भमा पत्रकारसँग दुर्गेशको सवालजवाफ पनि भयो । पत्रकारले उनलाई उक्त प्रवर्धन गीत किन बनाएको र हटाएको भन्ने प्रश्नहरू वर्षाए । दुर्गेशले प्रतिप्रश्न गरे- ‘गीत विवादित भयो भनेर आजसम्म कसैले गीत प्राइभेट गरेको देख्नुभएको छ ?’

उनले आफूले कुनै अदालत, प्रशासन वा सरकारी निकायको निर्देशनमा गीत हटाएको नभई दर्शकको भावना सम्मान गर्दै स्वेच्छाले प्राइभेट गरेको दावी गरे । ‘मलाई कसैले पत्र काटेर गीत हटाउन भनेको होइन । दर्शकको अनुरोधलाई सम्मान गर्दै मैले आफैं प्राइभेट गरेको हुँ । यदि पैसाकै लागि बनाएको भए कहिल्यै हटाउने थिइँन’, उनले भने ।

सो विवादित गीतलाई लिएर आलोचना गर्नेहरूले गीत राम्रोसँग सुनेको भए फरक बुझाइ हुन सक्ने कुरा पनि उनले गरे । ‘हरेक गीत सुन्दा र त्यसबारे गाउँदा राम्रोसँग गाएको भए राम्रो सनिन्थ्यो होला नि’ भन्दै पत्रकारलाई प्रश्न गरेका छन् ।

दुर्गेशले उक्त गीतमा आफूबाट कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सच्याउने उद्देश्यले हटाएको पनि स्पष्ट पारे ।

तीज गीत ‘बिचबिचमा २’ परम्परागत शैलीको तीज गीतभन्दा नाच्न मिल्ने शैलीमा तयार भएको उनले बताए । ‘तीज गीतको सट्टा नेपाली गीतमै रमाउन सकियोस् भन्ने उद्देश्यले गीत बनाइएको हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?