News Summary
Generated by OK AI. Editorially reviewed.- गायक हिमाल सागर र मोडल मिस पवि कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा एकसाथ देखिएका फोटो र भिडियो भाइरल भएका छन्।
- हिमाल सागरले भने, 'मिस पविसँग फोटो र भिडियो स्टेडियममै भेट हुँदा खिचिएको हो, जोडीको प्रचार गलत छ।'
- मिस पवि चीनमा कार्यक्रममा सहभागी छिन् र उनीहरूबीच कुनै जोडी सम्बन्ध नरहेको हिमालले स्पष्ट पारे।
काठमाडौं । गायक हिमाल सागर र मोडल मिस पवि अहिले चर्चामा छन् । उनीहरू चर्चामा आउनुको कारण अरु नभइ कीर्तिपुरमा जारी क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा एकसाथ देखिएको फोटो र भिडियो भाइरल हुनुले हो ।
क्रिकेट रंगशालामा एकसाथ देखिएका यी दुईको भिडियो, फोटो यतिबेला टिकटक, फेसबुक र इन्स्टाग्राममा भाइरल छ । धेरैले यी दुईलाई जोडीको रुपमा प्रचारप्रसार गरिरहेका छन् ।
यो कुराले हिमाल र मिस पवि दुवैलाई यतिबेला छाडेको छैन । मिस पवि एक कार्यक्रममा सहभागी हुन अहिले चीनमा छिन् भने हिमाल सागर एक म्यूजिक भिडियो छायांकनमा ।
एनपीएलको फोटो भाइरल भएपछि हिमाल सागरलाई हामीले सोधेका थियौं- वास्तविकता के हो ?

उनले मिस पविसँगको फोटो, भिडियो भाइरल भएको बारेमा स्पष्ट पारे । सुदुरपश्चिम रोयल्सको खेल हेर्न आफूहरू बेग्ला बेग्लै त्यहाँ पुगेको र स्टेडियममै मिस पविसँग भएको भेट भएको उनले बताए ।
‘उहाँ कमेडी दरबारको टिमसँगै पुग्नु भएको रहेछ । म एक्लै गेम हेर्न पुगेको थिएँ । सिद्धार्थ बैंकले डिनर कार्यक्रम पनि राखेको रहेछ । सोही अवसरमा भेट भएको हो’ हिमाल सागरले भने, ‘कसैले भिडियो खिचेर हालिदिएछ । अहिले ब्याइफ्रेन्ड र गर्लफ्रेन्ड टाइपले प्रचार गरिएको छ ।’
मिस पवि आफ्नो मिल्ने साथी रहेको र आफूहरू दुवैले केही म्यूजिक भिडियोमा सहकार्य गरेको हिमालले बताए । उनले प्रचारमा आएजस्तो जोडीहरू भएको कुराको खण्डन गरे ।
प्रतिक्रिया 4