News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै डीपफेक भिडियो र अनधिकृत सामग्री हटाउन आदेश दिएको छ।
- अदालतले देवगनलाई युट्युबलाई एआई-मोडेल तालिमका लागि सामग्री प्रयोग नगर्न निर्देशन दिन पनि आदेश दिएको छ।
- देवगनले आफ्नो नाम र व्यक्तित्वको दुरुपयोग गरेको आरोप लगाउँदै उच्च अदालतमा सुरक्षा माग गरेका थिए।
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ ।
यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो ।
देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग नगर्न निर्देशन दिन पनि माग गरेका थिए ।
न्यायाधीश मनमीत प्रीतमसिंह अरोराले अन्य सेलिब्रेटीलाई अदालतले पहिले दिएको जस्तै सुरक्षाको लागि आदेश दिएका हुन् । यो आदेशपछि अभिनेता देवगनलाई व्यक्तित्व सुरक्षा अधिकारबारे राहत मिलेको छ ।
देवगनले उजुरीमा आफू ‘विमल, लखानी, अमूल कम्फी, पुष्प, डाबर बाबूल’ जस्ता विभिन्न ब्रान्डसँग सम्बन्धित रहेको र “परिवारमैत्री व्यक्तित्व“ भएको दाबी गरेका छन् ।
उनले आफ्नो नाम र व्यक्तित्वको दुरुपयोग गरेको आरोप लगाएका संस्थामा देवगनको उपस्थिति बुक गरेको दाबी गर्ने एउटा प्लेटफर्म समावेश छ । साथै, अनधिकृत र अप्रिय खालका एआईबाट सामग्री सिर्जना गर्ने’ युट्युब च्यानल र फेसबुकका फ्यान क्लब पृष्ठ समावेश छन् ।
देवगनले उच्च अदालतसमक्ष आफ्नो व्यक्तित्व र प्रचार अधिकार सुरक्षित गर्न माग गरेका हुन्, जसमा उनको नामजस्तो मिल्दोजुल्दो, ‘अजय वीरू देवगन’ वा ‘अजय वीरू देवगन’लाई सुरक्षित राख्नु रहेको छ ।
देवगनले एआईबाट सिर्जना गरिएका डीपफेक पोर्नोग्राफिक सामग्रीप्रति पनि रिपोर्ट गरेका छन्, जसले उनको प्रतिष्ठानलाई हानी पुर्याइरहेको छ ।
न्यायाधीश अरोराले देवगनका वकिललाई अनुपयुक्त वा अप्रिय सामग्री प्लेटफर्ममा प्रकाशित गरेपछि युट्युब वा गुगलमा विरोध दर्ता गरेका छन् कि छैनन् भनेर सोधेका थिए । जवाफमा उनले प्लेटफर्महरूले प्रायः अदालतको आदेश माग्ने गरेको बताएका थिए ।
पछिल्लो समय बलिउड सेलिब्रेटीले अदालतबाट व्यक्तित्व सुरक्षाको माग गर्ने क्रम बढेको छ ।
प्रतिक्रिया 4