
News Summary
Generated by OK AI. Editorially reviewed.- अजय देवगन स्टारर बलिउड फिल्म 'सन अफ सरदार २' साउन १६ गते (अगस्ट १) मा रिलिज हुने भएको छ।
- फिल्मले नयाँ प्रदर्शन मिति घोषणा भएलगत्तै मंगलबार नयाँ ट्रेलर सार्वजनिक गरेको छ।
- 'सन अफ सरदार २' को प्रदर्शन मिति 'सैयारा'को आक्रामक कमाइपछि एक साताले सरेको हो।
मुम्बई । अजय देवगन स्टारर बलिउड फिल्म ‘सन अफ सरदार २’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म साउन १६ गते (अगस्ट १)मा रिलिज हुने भएको छ ।
नयाँ प्रदर्शन मिति घोषणा भएलगत्तै यो फिल्मले मंगलबार नयाँ ट्रेलर सार्वजनिक गरेको छ । आउँदो शुक्रबारदेखि प्रदर्शन हुने पूर्वनिर्धारित योजना थियो ।
‘सैयारा’ले भारतीय बक्सअफिसमा आक्रामक कमाइ गरेपछि ‘सन अफ सरदार २’को मिति एक सातापछि पुगेको हो । विजय कुमार अरोरा निर्देशित ‘सन अफ सरदार २’ सन् २०१२ मा रिलिज भएको ब्लकबस्टर ‘सन अफ सरदार’को सिक्वेल हो ।
यसको कथा १२ वर्षिय आरभ नामक पात्रको हो जो वार्षिक आँप महोत्सवको लागि साहसिक यात्रामा निस्कन्छन् । यो फिल्ममा अजयसहित रवि किसन, संजय मिश्र, नीरु बाज्वा, मृणाल ठाकुरको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4