+
+
Shares

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड डान्सर नोरा फतेही नेपाल आएको समयमा नेपाली फ्यानको ठूलो क्रेज देखियो।
  • उनले स्टेजमा नाच्न निम्त्याएको गौरव सिटौला सामाजिक संजालमा भाइरल भए।
  • गौरव सिटौला टिकटक र मोडलिङ क्षेत्रमा सक्रिय छन् र उनले बनाएका भिडियोहरू धेरैले रुचाएका छन्।

काठमाडौं । नृत्यको जादु देखाउन बलिउड डान्सर नोरा फतेही नेपाल आएकी थिइन् । उनका ‘डान्स मूभ्स’ यस्ता हुन्छन्, जसले दुनियाँको ध्यान तान्छ । फतेही भारतमा मात्रै होइन, नेपालमा पनि उत्तिकै लोकप्रिय छन् ।

‘दिलबर’, ‘कमरिया’जस्ता हिट गीतमा उनले प्रस्तुत गरेको जबर्जस्त डान्सले उनलाई ‘डान्सिङ डिभा’ बनाएको छ । युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता सोसल मिडियामा उनलाई पछ्याउने नेपालीको संख्या ठूलो छ ।

नेपालमा पनि उनको डान्स र फेसन शैलीलाई पछ्याउनेको जमात छ । शनिबार बेलुका बौद्धस्थित हायात चौरमा नोराप्रति नेपालीको क्रेज छताछुल्ल पोखियो । राती १० बजेसम्म उनको एक झलक हेर्न पुगेका नेपाली फ्यान धेरै थिए ।

केही नेपाली फ्यान त स्टेजमै चढेर उनीसँगै नाचे । तीमध्ये एक हुन् गौरव सिटौला । स्टेजमा नोरासँगै बेली डान्स गरेका उनको चर्चा यतिबेला सामाजिक संजालमा भैरहेको छ भने भिडियो भाइरल छ ।

सामाजिक संजालमा राम्रै फलोअर्स भएका गौरव दर्शकको भीडमा थिए । भीडमा उभिएका गौरवलाई फतेहीले स्टेजबाटै औंल्याउँदै भनिन्, ‘म तिमीलाई चिन्छु, तिम्रो नाम के रे ?’ त्यसपछि गौरवले आफ्नो नाम बताएपछि नोराले उनले बनाएका डान्स भिडियोलाई टिकटकमा हेरेको, उनको कोरियोग्राफी आफूलाई मन परेको र आफैंले सेयर समेत गरेको जानकारी दिइन् ।

यसपछि स्टेजमै उनलाई नाच्न निम्त्याइयो । स्टेजमै यस्तो प्रशंसा पाएपछि गौरव एकाएक सामाजिक सञ्जालमा हटकेक बने ।

टिकटक संसारमा गौरव नयाँ नाम होइन । उनी मोडलिङ तथा नृत्य दुवै क्षेत्रमा सक्रिय छन् । उनी ‘मिस्टर एन्ड मिस एसइई २०२४’ का विजेता हुन् । टिकटकमा उनलाई पछ्याउनेको संख्या ३० हजारभन्दा बढी छ । टिकटकमा उनका भिडियो हेर्दा, उनी प्रतिभाशाली डान्सर र कोरियोग्राफर रहेको बुझ्न सकिन्छ ।

सामाजिक सञ्जालमा उनले बनाएका डान्स भिडियोलाई धेरैले रुचाएका छन् । आफ्नो शैलीमा, आत्मविश्वाससँग नृत्य गर्ने गौरवका स्टेपमा मौलिकता झल्किन्छ । यही कारण हुनसक्छ, नोरा फतेहीले उनलाई पहिचान गरिन्, त्यो पनि भीडमाझ । यो क्षणले गौरवलाई रातमै भाइरल बनाइदियो । अहिले सामाजिक सञ्जालमा ‘गौरव सिटौला को हुन् ?’ भनेर सर्च गर्नेको संख्या बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?