+
+
Shares
गसिप :

प्रेम चर्चाबारे के भन्छन् कूल ब्वाय र सिम्रन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १३:५६

काठमाडौं । २०८१ सालको हिट फिल्म ‘होस्टेल ३’बाट चर्चा कमाएका कलाकार कूल ब्वाय (पारस बम) र सिम्रन पन्तको चर्चा अझै छ । टिकटकमा ‘कन्टेन्ट क्रिएटर’को पृष्ठभूमिबाट फिल्ममा उदाएका यी दुईको डेब्यु फिल्म नै सफल रह्यो ।

यी दुईलाई आफ्नो फिल्ममा ल्याउन यतिबेला निर्माताबीच होडजस्तै छ । यद्यपि, दुवैले अफर स्वीकारेका छैनन् । फिल्ममा पनि यी दुईले जोडी बाँधे र उनीहरूको केमेस्ट्रीलाई पनि रुचाइयो ।

यतिबेला भने यी दुईको प्रेमचर्चा सामाजिक संजालमा छ । प्रशंसकदेखि सामाजिक संजालका विवरणमा यी दुई प्रेम सम्बन्धमा रहेको भन्दै गसिप बनिरहेका छन् । हुन पनि, फिल्मको प्रवर्धन अभियान होस् या ५१ दिन सेलिब्रेसनको अवसर, यी दुईको निकटतालाई औंल्याउँदै प्रशंसकले यी दुई रोमान्टिक सम्बन्धमा हुनसक्ने अड्कल काटिरहेका छन् ।

संचारकर्मीले पनि उनीहरूलाई यही प्रश्न सोधिरहेका छन् । एउटै प्रश्नले उनीहरूलाई पछ्याइरहेको छ । प्रेम सम्बन्धको यो चर्चालाई उनीहरूले केही दिनअघि ‘होस्टेल ३’को ५१ दिन मनाउने समारोहमा प्रष्टीकरण दिए ।

उनीहरुले आफू राम्रो साथी मात्र रहेको बताए । कामको कुरालाई लिएर फोनमा कुराकानी हुने गरेको तर फिल्म रिलिजपछि अहिले मात्र प्रत्यक्ष भेट भएको उनीहरुले बताए । फिल्ममा सँगै काम गर्दैमा प्रेम सम्बन्ध नरहने उनीहरुको भनाइ छ । यी जवाफले फ्यानको जिज्ञासा अझै शान्त भैसकेको छैन । किनभने नेपाली फिल्म क्षेत्रमा यसअघि पनि सह-कलाकारबीच ‘अफस्क्रिन’मा निकटता देखिएको उदाहरण धेरै छन् ।

कामको कुरा गर्दा, कूल ब्वाय र सिम्रन अहिले नयाँ फिल्मको तयारीमा छन्, यद्यपि यसको औपचारिक पुष्टि भैसकेको छैन ।

तस्वीर : बद्री थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?