+
+
Shares

निको भएपछि स्वस्तिमा : मैले अनुभव गरेको कठिन समयमध्ये एक

‘पहिलो पटक मैले यस्तो भएको अनुभव गरेको सबैभन्दा कठिन समयहरू मध्ये एक थियो’ उनले भनेकी छन् । उनले आफ्नो हेरचाहमा साथ दिने नर्सलाई परीको संज्ञा दिँदै प्रशंसा समेत गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते २१:१७

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले दुई सातासम्म आफू गम्भीररुपले बिरामी भएको र अहिले सामान्य महसुस गरेको बताएकी छन् । सामाजिक संजालबाट आफ्नो स्वास्थ्य अवस्थाबारे उनले जानकारी गराएकी छन् ।

‘१४ दिनसम्म गम्भीर बिरामी र अस्पतालमा ७ दिन बिताएपछि, अन्ततः फेरि सामान्य महसुस भएको छ । म पूर्ण रूपमा टेक्स्ट र कलबाट टाढा थिएँ, र धेरै कामलाई थाँती राख्नुपरेको थियो । सबैलाई धन्यवाद जसले मलाई बुझ्नुभयो र निको हुने कार्यमा मद्दत गर्नुभयो’ उनले लेखेकी छन् ।

उनले यो क्षणलाई जीवनको कठिनमध्येको क्षण भएको बताएकी छन् । ‘पहिलो पटक मैले यस्तो भएको अनुभव गरेको सबैभन्दा कठिन समयहरू मध्ये एक थियो’ उनले भनेकी छन् । उनले आफ्नो हेरचाहमा साथ दिने नर्सलाई परीको संज्ञा दिँदै प्रशंसा समेत गरेकी छन् ।

‘यस समयमा, मैले साँच्चै महसुस गरें कि नर्सहरू सबैभन्दा सुन्दर परीहरू हुन् । फर्कन पाउँदा आभारी छु’ उनले लेखेकी छन् । उनले आफू के कारणले बिरामी भएको र कुन अस्पतालमा भर्ना भएको चाहिँ खुलाएकी छैनन् ।

उनले सामाजिक संजालमा बेडसहितको फोटो सेयर गर्दै सन्देश पनि लेखेकी छन् ।

कामको कुरा गर्दा, स्वस्तिमा अभिनित फिल्म ‘वसन्त’ हालै रिलिज भएको थियो । सुशान्त केसीसँगको गीत ‘उफ्’ टि सिरिजबाट रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?