
काठमाडौं । यतिबेला गायिका ज्योति मगरको केही दिनअघिको फेसबुक स्टाटसको चर्चा भैरहेको छ । मनमा लागेको कुरा लेखिहाल्ने गायिका मगरको बानी नयाँ होइन । तर, अस्तीको पोस्ट भने अघिपछि भन्दा भिन्न थियो ।
उनले पछिल्लो पोस्टमा ‘घरेलु हिंसा’बारेको संवेदनशिल स्टाटस पोस्ट गरेकी थिइन् । यो स्टाटस पोस्ट भएको केही समयमा उनले यसलाई डिलेट गरिन् । उनले डिलेट गर्दासम्म यो स्टाटसको स्क्रिनसट् भाइरल भैसकेको थियो ।
उनले लेखेकी थिइन- ‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर आँसु झारिन् । उनको रगताम्मे अनुहार, आँखा र मुखभरी निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी । यस्तोसम्म भोगेँ भनिन्।’
उनले अघि लेखेकी थिइन्, ‘उनलाई मैले स्ट्रङ हुन र मुभ अन गर्न भनेँ । तर मेरो मन अत्ति नै भारी हुँदैछ । आफैँले केही वर्षअघि भोगेको पीडा फेरि दुख्दैछ । साच्चिकै उनको पीडामा मलाइ धोको फेरेर रुन मन लाग्दैछ । एउटा पब्लिक फिगर को त यो दुर्दशा छ, आम महिलाहरूको हालत के होला ।’
उनले ती चर्चित गायिका को हुन् भन्नेबारेमा खुलाएकी छैनन् । यो स्टाटसपछि मगरलाई ती पीडित गायिकाको नाम खुलाउन भनिरहेका छन् । उनको स्टाटसमा सामाजिक संजाल प्रयोगकर्ताले अहिले चलेका केही गायिकाको नाम समेत लेखेका छन् । स्टाटस किन हटाएको भनेर सोधिएको प्रश्नमा ज्योतिले केही मिडियासँग भनेकी छन्- अर्काको प्राइभेट कुरा किन राख्नु भनेर हटाएँ ।’
ज्योतिले अहिले आएर यो प्रष्टोक्ती दिएपनि ती चर्चित गायिकाको नाम खुलाउन फ्यानले आग्रह गरिरहेका छन् ।
प्रतिक्रिया 4