+
+
Shares

ज्योति मगरलाई किन बहिष्कारको धम्की आइरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका ज्योति मगरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतसँग आफ्नो नाम जोडिएपछि सामाजिक सञ्जालमा अश्लिल र हेट स्पिचको सामना गरिरहेकी छिन्।
  • ज्योतिले ३ र ४ चैतमा कञ्चनपुर र घोराहीमा सांगीतिक प्रस्तुति दिएकी थिइन्, जसमा सामाजिक सञ्जालमा बहिष्कार र हिंसात्मक चेतावनीपूर्ण कमेन्टहरू आएका छन्।
  • उनले नेकपा एमाले र ओलीको समर्थनमा खुलेर अभिव्यक्ति दिएकी र रास्वपाप्रति आक्रामक पोस्ट गरेपछि गालीगलौजको बाढी आएको छ, तर उनी यस्ता टिप्पणीलाई मतलब नगरेकी छिन्।

काठमाडौं । गायिका ज्योति मगर पछिल्लो समय संगीतभन्दा अन्य कारणले चर्चामा छिन् । विशेषगरि, नेकपा एमाले, अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतसँग उनको नाम जोडेर अश्लिल र हेट स्पिचको बाढी आइरहेको छ ।

ज्योतिले सामाजिक सञ्जालमा गरेका पोस्टमा उनीमाथि गाली बर्सिएको देखिन्छ । ज्योतिले पछिल्लो समय विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिँदैछिन् । ती कार्यक्रमको जानकारी दिन उनले पोस्ट गरेको भिडियोमा उनीमाथि टिप्पणी भैरहेका छन् ।

ज्योतिले ३ चैतमा कञ्चनपुरको पुनर्वास महोत्सवमा प्रस्तुति दिइन् भने ४ चैतमा घोराहीमा । यी पोस्टमाथि सयौं कमेन्ट यस्ता छन्, जसमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले बहिष्कारको धम्की दिइरहेका छन् ।

कतिले उनका कार्यक्रम बहिष्कार गर्ने धम्की दिइरहेका छन् भने कतिपयले कार्वाही । स्टेजबाट लखेट्नेदेखि हिंसात्मक चेतावनीपूर्ण कमेन्ट पनि उनका पोस्टमा देख्न सकिन्छ ।

कमेन्ट पोस्ट गर्ने केहीले रास्वपाका कार्यकर्तालाई ज्योतिको कार्यक्रममा नजान भनिरहेका छन् । कतिपयले ज्योतिलाई एमालेको झोले, ओलीको मान्छेजस्ता नानाथरी टिप्पणी गरिरहेको देखिन्छ ।

पछिल्लो समय ज्योति विशेष गरेर नेकपा एमाले र ओलीको समर्थनमा खुलेरै लागेकी थिइन् । साथै, रास्वपा लक्षित अभिव्यक्तिले पनि धेरैलाई चिढाएको थियो । यसको प्रभाव उनको पोस्टमा गरिएका कमेन्टमा स्पष्ट देखिन्छ ।

पछिल्लो समय उनका केही पोस्ट रास्वपाप्रति आक्रामक पनि देखिन्छ । जसको कारण, उनी लक्षित गालीगलौजको बाढी आएको देखिन्छ । यति हुँदाहुँदै पनि ज्योतिले यस्ता टिप्पणीलाई मतलब गरेको देखिँदैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?