
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री नोरा फतेहीले काठमाडौंमा भव्य प्रस्तुति दिएकी थिइन् र उनले ‘भ्वाइस अफ नेपाल’ का फाइनलिस्टहरूसँग भेट गरेकी थिइन्।
- प्रोसेस पाण्डेले टिकटकमा नोरा फतेहीसँगको ‘फ्यानडम’ क्षण सेयर गरेका छन् र यसले सामाजिक संजालमा चर्चा बटुलेको छ।
- यो ‘फ्यानडम मोमेन्ट’ निकै भावुक र स्नेहपूर्ण देखिएको छ, जसले दर्शकहरूलाई प्रभावित गरेको छ।
काठमाडौं । बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार राति काठमाडौंमा भव्य प्रस्तुति दिइन् । उनलाई ‘भ्वाइस अफ नेपाल’का ५ फाइनलिस्टले पनि प्रस्तुतिमा साथ दिए ।
भ्वाइसको छैटौं सिजनका विजेता प्रोसेस पाण्डे, फाइनलिस्टरू अर्पणा आचार्य, रोशन राई, प्रमेश राई, इन्द्रकला राईले पनि आकर्षक प्रस्तुति दिए ।
प्रस्तुतिपछि नोराले स्नेहपूर्वक प्रोसेसलार्ई अँगालो हालिन् र प्रस्तुतिको लागि धन्यवाद दिइन् । यो खुसीमा प्रोसेसले टिकटकमा नोरासँगको ‘फ्यानडम’ क्षणलाई सेयर गरेका छन् । उनले ‘के चाहियो र यो भन्दा’ लेखेर भिडियो पोस्ट गरेका छन् । ‘चाइनेजो’ जिन्दगानीमा गीतबाट लाइन लिएर उनले क्याप्सन लेखेका छन् ।
प्रोसेसको यो भिडियाले सामाजिक संजालमा चर्चा बटुलेको छ । कतिपयले ‘बडी सेमिङ’को आरोप लगाइरहेका छन् । तर, नोराले फ्यानसँगको स्नेहपूर्ण क्षणमा प्रोसेसलाई अँगालेकी छिन् । यसमा प्रोसेस पनि खुसी छन् । यो ‘फ्यानडम मोमेन्ट’ वास्तवमै भावुक पनि देखिन्छ ।
@proshesh.pandey K chaiyo ra yo vandaa…❤️@Nora Fatehi ❤️#proshesh_pandey #creatorsearchinsights #goviral #thevoicenepalseason6 #norafatehi ♬ Chainejo Jindaganima – Artmandu
प्रतिक्रिया 4