News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड स्टार नोरा फतेहीको कार शनिबार दिउँसो मादकपदार्थ सेवन गरेको चालकले ठक्कर दिँदा टाउकोमा चोट लागेको थियो।
- नोरा फतेहीलाई अस्पताल लगिएको थियो र परीक्षणपछि गम्भीर चोट नलागेको पत्ता लागेको थियो।
- दुर्घटनापछि नोरा फतेहीले सनबर्न फेस्टिभलमा प्रस्तुति दिइन् र मादकपदार्थ सेवन गरेर गाडी नचलाउन आग्रह गरिन्।
मुम्बई । बलिउड स्टार नोरा फतेही सवार कार शनिबार बेलुका दुर्घटनामा परेको छ । दुर्घटनामा उनको टाउकोमा चोट लागेको थियो । यसको बाबजुद पनि उनले शनिबार साँझ एक कन्सर्टमा प्रस्तुति दिइन् ।
फतेही डेभिड गुएटाको कन्सर्टमा भाग लिन सनबर्न फेस्टिभल जाँदै गर्दा तीव्र गतिमा हुइँकिएर आएको कारले उनको गाडीलाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडीको चालकले मादकपदार्थ सेवन गरेको जनाइएको छ ।
नोराले एउटा भिडियो सेयर गर्दै घटना दिउँसो ३ बजे भएको बताएकी छिन् । घटनामा नोराको कारमा मात्र क्षति पुगेको छैन, अन्य मानिस पनि कुल्चिएर घाइते छन् ।
दुर्घटनामा नोराको टाउकोमा चोट लागेको थियो । उनलाई तुरुन्तै नजिकैको अस्पताल लगिएको थियो, जहाँ उनको सिटी स्क्यान गरिएको थियो । परीक्षणबाट उनलाई गम्भीर चोट नलागेको पत्ता लाग्यो । डाक्टरहरूसँग परामर्श गरेपछि, नोरा प्रस्तुति दिन सनबर्न २०२५ पुगिन् ।
घटना गराइने व्यक्तिविरुद्ध नोराको तर्फबाट उजुरी दर्ता गरिएको छ । त्यसपछि प्रहरीले उक्त व्यक्तिलाई हिरासतमा लिएको छ ।
दुर्घटनाको खबर फैलिएको केही समयपछि, सनबस्र्टमा नोराको प्रस्तुतिको भिडियो सार्वजनिक भयो । नोराले सहजरुपमा प्रस्तुति दिइन् र व्यापक प्रशंसा बटुलिन् ।
दुर्घटनापछि, नोराले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खातामा एउटा भिडियो सेयर गरिन्, जसमा उनले भनेकी छिन्, “म तपाईंलाई भन्न चाहन्छु कि म ठीक छु । आज दिउँसो मेरो गम्भीर दुर्घटना भयो । एउटा रक्सीले मातेको मान्छेले हाँकेको गाडीले मेरो गाडीलाई ठक्कर दियो । दुर्भाग्यवश, ठक्कर धेरै बलियो थियो र मेरो टाउको झ्यालमा ठोक्कियो । कुनै समस्या छैन । म ठीक छु, केही सामान्य चोटपटक बाहेक, केही सुन्निएको छ । म धेरै आभारी छु किनकि केहि गम्भीर हुन सक्थ्यो ।’
भिडियोमा नोराले मानिसले मदिरा सेवन गरेर गाडी चलाउनु हुँदैन भनेर बताइन् । उनले भनिन््, “म रक्सी, लागूपदार्थ वा गाँजा जस्तै दिमाग गुमाउने कुनै पनि चीज लिने व्यक्ति होइन । म यसको प्रचार गर्दिन वा गर्ने मानिससँग घुलमिल गर्दिन । कसैले पनि रक्सी पिएर गाडी चलाउनु हुँदैन । तपाईंले अरूको जीवनलाई खतरामा पार्नु हुन्छ । मलाई विश्वास लाग्दैन कि यो २०२५ हो र हामीले अझै पनि यस बारेमा कुरा गर्नुपर्छ ।’
प्रतिक्रिया 4