+
+
Shares

नागरिक लगानी कोषको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक लगानी कोषले सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा ८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर समावेश छ।
  • कम्पनीले आगामी साधारणसभाबाट पारित भएपश्चात लाभांश प्रदान गरिने जनाएको छ।
  • गत वर्ष कम्पनीले ६ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो र हाल चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ छ।

७ पुस, काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ । आगामी साधारणसभाबाट पारित भएपश्चात उक्त लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

गत वर्ष कम्पनीले ६ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर दिएको थियो । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३७ रुपैयाँ छ ।

२० प्रतिशत सर्वसाधारण र ८० प्रतिशत संस्थापक सेयर रहेको कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?