+
+
Shares

नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते ९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक लगानी कोषको गत आर्थिक वर्षको खुद नाफा १३ प्रतिशत बढेर १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।
  • कोषको ब्याज आम्दानी घटेर ३३ करोड रुपैयाँ भएको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
  • कोषले असार मसान्तसम्म १ खर्ब ५८ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा र ३१ अर्ब रुपैयाँ धितोपत्रमा लगानी गरेको छ।

२५ साउन, काठमाडौं । नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढेको हो । कोषले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब १० करोड रुपैयाँ थियो ।

कोषको ब्याज आम्दानी घटेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी बढेको छ । ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ४४ करोड रहेकोमा गत आर्थिक वर्ष ३३ करोडमा झरेको छ । सेवा शुल्क तथा कमिसन आम्दानी अघिल्लो आवमा १ अर्ब ४१ करोड रहेकोमा गत आवमा १ अर्ब ६५ करोड छ ।

सेवा शुल्क तथा कमिसन आम्दानीमा आएको वृद्धिले नाफा बढेको हो । कोषले असार मसान्तसम्म १ खर्ब ५८ अर्ब रुपैयाँ विभिन्न बैंकमा मुद्दती निक्षेपका रुपमा लगनी गरेको छ ।

त्यस्तै ३१ अर्ब रुपैयाँ विभिन्न संगठित संस्थाका धितोपत्रमा लगानी गरेको छ । ६० अर्ब रुपैयाँ सहभागी सापटी तथा आवास कर्जा प्रदान गरेको छ । कम्पनीको खुद कोष मौज्दात २ खर्ब ६६ अर्ब रुपैयाँ बराबर छ ।

प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा छ । पहिले प्रतिसेयर आम्दानी २० रुपैयाँ ७५ पैसा थियो । बोनस सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूँजी (सेयर संख्या) बढेकाले  नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको हो ।

गत साता बजार बन्द हुँदा बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९७१ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?