
News Summary
Generated by OK AI. Editorially reviewed.- सिंगटी हाइड्रो इनर्जीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिकमा १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
- कम्पनीले अघिल्लो वर्ष सोही अवधिमा ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।
- विद्युत् बिक्री आम्दानी ६८ करोड ७१ लाख पुगेको र ब्याज भुक्तानी २६ करोड ७३ लाख रुपैयाँ भएको छ।
१९ साउन, काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा असार मसान्तसम्म १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्ष (२०८०/८१) को यसै अवधिमा कम्पनीले ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।
आयोजना प्रभावकारी सञ्चालनमा आएसँगै विद्युत् बिक्री आम्दानी बढ्दा नाफा बढेको हो । गत वर्ष विद्युत् बिक्री आम्दानी ६८ करोड ७१ लाख रुपैयाँ छ ।
अघिल्लो वर्ष ८ करोड ३० लाख थियो । कम्पनीले गत वर्ष ब्याजवापत २६ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसा तथा प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4