+
+
Shares

कृषि विकास बैंकको नाफा ४३ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते ८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासिक खुद नाफा ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन ४३ प्रतिशत बढी हो।
  • बैंकको निष्क्रिय कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा आएको छ र आधार दर ८.०९ प्रतिशतबाट ५.८७ प्रतिशतमा झरेको छ।
  • बैंकको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा पुगेको छ र वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ छ।

२५ साउन, काठमाडौं । कृषि विकास बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब १५ करोड रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा खुद नाफा २ अर्ब ८९ करोड रुपैयाँ थियो ।

नोक्सानी व्यवस्थापनवापत छुट्याइने रकम (इम्पेरिमेन्ट चार्ज) घटेसँगै नाफामा उच्च वृद्धि देखिएको हो । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४५ करोड रहेकोमा गत आर्थिक वर्ष १० करोड ६२ लाख रुपैयाँ छ ।

खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५५ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ८२ करोड छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा छ । यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा ९ रुपैयाँ बढेको हो ।

गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १५.५८ रुपैयाँ हो । बैंकले निष्क्रिय कर्जा घटाउन सफल भएको छ ।

यस्तो निष्क्रिय कर्जा पहिले ३.९१ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म ३.२६ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा बैंकको आधार दर ८.०९ प्रतिशतबाट झरेर ५.८७ मा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ३२८ रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?