+
+
Shares

सिटिजन्स बैंकको कर्जा नोक्सानी व्यवस्थापन रकम बढ्दा नाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते ९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंकको गत आर्थिक वर्षको खुद नाफा अघिल्लो वर्षको तुलनामा २ प्रतिशत घटेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
  • बैंकको नाफा घट्नुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन रकम १ अर्ब ७२ करोडबाट २ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो।
  • कुल कर्जामा निष्क्रिय कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ र वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा छ।

२५ साउन, काठमाडौं । सिटिजन्स बैंकको नाफामा सामान्य कमी आएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत घटेको हो । अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा खुद नाफा १ अर्ब ३२ करोड रहेकोमा गत आर्थिक वर्ष १ अर्ब २९ करोड छ ।

बैंकको नाफा घट्नुको कारण कर्जा नोक्सानी व्यवस्थापन रकम (लोन लस प्रोभिजन) बढ्नु हो । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७२ करोड रहेकोमा गत आर्थिक वर्ष २ अर्ब ६७ करोड छ । बैंकको खुद ब्याज आम्दानी बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ अर्ब ७२ करोड रहेकोमा गत आर्थिक वर्षमा ६ अर्ब ३६ करोड रुपैयाँ छ । नाफा घट्दा प्रतिसेयर आम्दानी सामान्य घटेको छ ।

वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा छ । असार मसान्तसम्म वितरणयोग्य नाफा ७७ करोड ५४ लाख रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ५ रुपैयाँ २५ पैसा हो । गत साता बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँ ८० पैसा छ ।

कुल कर्जामा निष्क्रिय कर्जा पनि बढेको छ । यस्तो कर्जा गत असार मसान्तसम्म ४.९४ प्रतिशत छ, पहिले ४.१० प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?