+
+
Shares

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ।
  • कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
  • लघुवित्तले देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

३१ असार, काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ ।

उक्त लघुवित्तमा कार्यरत करिब ६ सय कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् ।

सोही व्यवस्था अनुसार ‘घ’ वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आवद्ध भएको हो । लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?