+
+
Shares

नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १५:२६

५ फागुन, काठमाडौं । आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ ।

कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्व समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ । आईसीआरए नेपालको मूल्यांकन समितिले उक्त निर्णय गरेको हो ।

२०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषले १ माघ २०४८ देखि सेवा सुरु गरेको थियो । कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोषजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल कोषमा करिब ७ लाखभन्दा बढी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?