+
+
Shares

ग्लोबल आईएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १५:००

५ फागुन, काठमाडौं । ग्लोबल आईएमई बैंकले अन्तर्राष्ट्रि««य शैक्षिक प्रयोजनका लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकले नेपाली विद्यार्थीलाई विशेषगरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फी, भिसा शुल्क, बीमा शुल्क लगायत सेवाबापत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशतको छुट प्रदान गर्ने छ ।

यो योजना अन्तर्गत छुट जुलाई ३१ २०२६ सम्म लागु हुनेछ । ग्राहक सुविधा प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा आफ्ना १ सय १७ शाखामार्फत विस्तार गरेको छ । योजना अन्तर्गत छुट तथा सेवा उपलब्ध हुने बैंकका शाखा कार्यालय सम्बन्धी विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक होे । साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट फरक–फरक विधामा सम्मानित पनि भएको छ ।

ग्लोबल आईएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३ सय ५२ शाखा कार्यालय, ३ सय ८५ एटिएम, १ सय ४७ शाखारहित, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालय गरी १ हजारभन्दा बढी केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?