+
+
Shares

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले १९ औं वार्षिकोत्सव अवसरमा सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको छ।
  • ५५८ दाताले रक्तदान गरेका कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरिएको थियो।
  • संकलन भएको रगत गरिब, विपन्न तथा न्यून आयभएका व्यक्तिहरुलाई प्राथमिकतामा राखी वितरण गरिनेछ।

३० पुस, काठमाडौं । ग्लोबल आईएमई बैंकले १९ औं वार्षिकोत्सव अवसरमा सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम गरेको छ ।

बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम पनि आयोजना गरेको हो ।
पुस १८ देखि स्थापनाको १९ वर्ष पूरा गरी बैंक २० औं वर्षमा प्रवेश गरेको छ ।

यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल र नेपालगन्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ दाताले रक्तदान गरेका छन् । साथै, उक्त कार्यक्रमबाट संकलन भएको रगत गरिब, विपन्न तथा न्यून आयभएका व्यक्तिहरुलाई प्राथमिकतामा राखी वितरण हुनेछ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसप्रकारका विभिन्न सामाजिक कार्यहरु निरन्तररुपमा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?