+
+
Shares

ग्लोबल आईएमई बैंक र डीएआई परियोजनाबीच साना कर्जा दिनेबारे सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंक र डीएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमलाई वित्तीय पहुँचका लागि सम्झौता भएको छ।
  • सम्झौता अनुसार डीएआई–उदय परियोजनाले छनौट गरेका उद्यमहरूले बैंकका कोशी प्रदेशका सबै शाखाबाट कर्जा पाउनेछन्।
  • ग्लोबल आईएमई बैंकले बैंक अफ द इयर २०१४, बेस्ट बैंक नेपाल २०२४ र २०२५ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

९ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंक र डीएआई–उदय परियोजना बीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरे । सम्झौता पश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायलाई सहजरुपमा कर्जा प्रवाह हुने बैंकले जनाएको छ ।

यस सम्झौता अनुसार डीएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आईएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरुपमा कर्जा पाउनेछन् ।

नेपाल सरकार तथा स्विट्जरल्यान्ड सरकारको द्विपक्षीय पहलस्वरुप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा प्रदेशका सम्पूर्ण जिल्लाहरुमा डीएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ ।

डीएआई– उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय उर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योग लगायतका व्यवसायलाई कर्जाको उपलब्धता तथा व्यवसायिक उन्नतिको लागि वित्तीय स्रोतमा पहुँच प्रदान गरिरहेको छ ।

ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?